काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन ५५ अंकले ओरालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन १३ दशमलव शुन्य नौं अंकले ओरालो लागेर २६ सय ३२ दशमलव ९४ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८० अंकले ओरालो लागेर चार सय ६७ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ९३ हजार चार सय ५९ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब २४ करोड ५५ लाख ६८ हजार चार सय २१ रुपैंयाँ बराबरको शेयर किनबेच भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । सो मध्ये होटल तथा पर्यटन उपसमुहको सुचक स्थिर रहेको छ भने व्यापार उपसमुहको सुचक उकालो लागेको छ । यि बाहेकका बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया