Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटाटा सन्सका अध्यक्षको तलब एक अर्ब ३५ करोड भारु

टाटा सन्सका अध्यक्षको तलब एक अर्ब ३५ करोड भारु


नयाँदिल्ली । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले आर्थिक वर्ष २०२३/२४मा एक अर्ब ३५ करोड भारतीय रुपैयाँ (भारु)तलब प्राप्त गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तलबभन्दा २० प्रतिशत बढी हो । एन चन्द्रशेखरन भारतीय कम्पनीका सबैभन्दा धेरै तलब खाने पेसेवर प्रमुख हुन् ।

टाटा सन्सका सबै निर्देशकको कुल तलब १६ प्रतिशतले बढेको छ । कम्पनीले आफ्ना शीर्ष निर्देशकहरूलाई दुई सय करोड रुपैयाँ भुक्तान गरेको छ । जुन आर्थिक वर्ष २०२२/२३ (आर्थिक वर्ष २०२३)मा एक अर्ब ७२ करोड भारतीय रुपैयाँ थियो । टाटा सन्सका कर्मचारीहरूको तलब र पारिश्रमिक सोही अवधिमा साढे दुई प्रतिशतले बढेर चार अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

टाटा सन्सको आम्दानी गत आर्थिक वर्षमा २५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०२३/२४ मा टाटा सन्सको राजस्व चार खर्ब ३८ अर्ब ९३ करोड भारतीय रुपैयाँ पुगेको छ । टाटा सन्सको आम्दानीमा टीसीएस सबैभन्दा ठूलो योगदानकर्ता हो । टाटा सन्समा टाटा ट्रस्टको ६६ प्रतिशत हिस्सेदारी छ भने मिस्त्री परिवारको १८ दशमलव चार प्रतिशत छ । बाँककी सेयर टाटा समूहका कम्पनीहरुको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x