Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाएआई सुविधा थपेर एपलले ल्यायो आईफोन १६, अरू फोनभन्दा कति फरक ?

एआई सुविधा थपेर एपलले ल्यायो आईफोन १६, अरू फोनभन्दा कति फरक ?


काठमाडौं,
आईफोनको व्यापार घट्न थालेपछि उत्पादक कम्पनी एपलले आफ्ना उत्पादनको बिक्री बढाउन सम्भावित क्रेताहरूलाई आकर्षित गर्ने उपाय खोज्न थालेको छ।

सोमवार एपलले ‘आईफोन १६’ सार्वजनिक गरेको छ। त्यसमा ह्यान्डसेटको बाहिरपट्टि क्यामराको बटन छ।

एपलले सो बटन आफ्नो नवीनतम स्मार्टफोनमा गरिएका आन्तरिक परिवर्तनहरूको “बाह्य सङ्केत” भएको जनाएको छ। एपलले आर्टिफिशल इन्टेलिजन्स (एआई)को नवीनतम प्रयोगबाट लाभ लिन खोजेको देखिन्छ।एपल के भन्छ?

एपलका प्रमुख कार्यकारी टिम कुकले अहिले गरिएका सुधारले “स्मार्टफोनले के गर्न सक्छ भन्ने परिधि विस्तार गरिदिने” बताए।अन्य ब्र्यान्डहरूले पहिले नै आफ्ना ह्यान्डसेटमा ‘जेनरेटिभ एआई’ सुविधा उपलब्ध गराइसकेको जनाउँदै कुकले एपलले कडा प्रतिस्पर्धाको खेप्नुपरेको बताए।

एपलले आईफोन १६ र आफ्ना अन्य उत्पादन सार्वजनिक गर्ने समयलाई ‘ग्लोटाइम’ भनेको थियो। त्यस बेला एपलको शेअर मूल्य खस्केको भए पनि दिनको अन्त्यतिर पहिलेकै अवस्थामा फर्कियो।

एपल कम्पनीको मूल्याङ्कन ३० खर्ब अमेरिकी डलर गरिएको छ। तर तीव्र गतिमा फैलिँदो एआईको क्षेत्रमा उक्त कम्पनीले आफ्नो प्रभाव देखाउन नसकिएको भन्दै चिन्ता र चासो व्यक्त हुने गरेको छ।बिक्री कस्तो छ?एपलको व्यापारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका आईफोनको बजारको देखिन्छ। अहिले पनि एपलका उत्पादनमध्ये बिक्रीको आधा भाग आईफोनकै छ। तर केही महिनायता उक्त स्मार्टफोनको बिक्री स्थिर छ।

गत जुन २९ मा अन्त्य भएको नौमहिने अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आईफोनको बिक्री एक प्रतिशतले खस्केको थियो।

एपलले आफ्ना नयाँ फोनहरूमा लामो समय टिक्ने ब्याट्री, शक्तिशाली चिपहरू र गोपनीयतासम्बन्धी विस्तारित सुविधा रहेको जनाएको छ। एपलका अनुसार नयाँ फोनमा एआई र ‘एपल इन्टेलिजन्स’का टुलहरू छन्। तीमध्ये अधिकांश सुविधाको घोषणा गत जुन महिनामा गरिएको थियो।

त्यस्ता नयाँ सुविधामा नयाँ इमोजीहरू बनाउन सकिने र ओपनएआईको च्याटबट ‘च्याटजीपीटी’लाई ‘सिरी’सँग जोड्ने लगायत छन्। सिरीसँग च्याटजीपीटीलाई जोडेपछि प्रयोगकर्ताहरूले सीधै प्रश्न सोध्न सक्छन्।एअरपोडमा परिवर्तनएपलले एपल वाच र एअरपोड हेडफोनहरूमा सुधार गरेको घोषणा पनि गरेको छ। नयाँ घोषणाअनुसार एअरपोडहरूमा अब आवाज स्वत: कम हुने छ।

फोनमा कुराकानी गरिरहेको व्यक्तिले कसैसँग व्यक्तिगत रूपमा कुराकानी गर्न थाल्दा वा टाउको हल्लाउँदा आवाज कम हुने सुविधा अब प्रयोगकर्ताले पाउने एपलले जनाएको छ। एपलका अनुसार ‘प्रो’ संस्करणका एअरपोडहरू “क्लिनिकल ग्रेड”का हुने छन्।

एपलका अनुसार सामान्य तथा मध्यम खालको सुन्ने क्षमता कम भएका व्यक्तिहरूले ती साधन प्रयोग गरेर आफ्नो सुन्ने क्षमता बढाउन सक्छन्।कम्पनीले यी साधनको बजारीकरणका लागि नियामक निकायको अनुमति कुरिरहेको छ र चाँडै अनुमति पाउने अपेक्षा गरेको छ।

त्यसपछि यसै शरद् ऋतुदेखि अमेरिका, जर्मनी र जापानलगायत १०० देशहरूमा उक्त सुविधा उपलब्ध हुन सक्ने एपलको आशा छ।

यसअघि उक्त कम्पनीले सुन्ने क्षमता बढाउने साधनलाई आईफोन र आफ्ना अन्य डिभाइसमा जोड्न मिल्ने सुविधा दिइसकेको छ।विरोध

भव्य कार्यक्रममाझ एपलका उत्पादनहरू सार्वजनिक गरिँदै गर्दा बाहिर सडकमा केही मानिसहरूले विरोधप्रदर्शन गरेका थिए।

उनीहरूले एपल स्टोरमा उपलब्ध हुने “खतरनाक सामान”बाट बालबालिकालाई जोगाउन माग गर्दै प्रदर्शन गरेका हुन्।

यसै महिनाबाट सुरु भएका एपलका नयाँ उत्पादनमध्ये आईफोन-१६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ। तर एपलका एआई सुविधाहरू उसको अपरेटिङ सिस्टममा अक्टोबरबाट मात्र उपलब्ध हुने छन्।

सुरुमा अमेरिकामा उपलब्ध हुने सुविधा विस्तारै अन्य देशहरूमा पनि उपलब्ध हुने छ। यूकेमा चाहिँ ती सुविधा डिसेम्बरमा मात्र उपलब्ध हुने छन्।बजारको अनुसन्धान गर्ने संस्था ‘सीसीएस इन्साइट’का प्रमुख विश्लेषक बेन वुडले धेरै मानिसहरूले नयाँ आईफोनमा राखिएको क्यामरालाई नियन्त्रण गर्ने बटनलाई “ग्लोरिफाइड शटर बटन” अर्थात् देखावटी भाग मात्र मान्ने सम्भावना रहेको औँल्याएका छन्।

यद्यपि एआईमा आधारित सुविधा दिने परिवर्तनहरू निकै महत्त्वपूर्ण भएका र तिनले ग्राहकको मन जित्न सक्ने उनको धारणा छ।

एपलका उपकरणहरू फोटो सम्पादन, अनुवाद र वेब ब्राउजिङ गर्ने कुरामा एआईमा आधारित सुविधा उपलब्ध गराउन प्रतिस्पर्धी साम्सङ र गुगलभन्दा पछि परिरहेको देखिन्छ।

एपलका प्रतिस्पर्धीहरूले अहिले दोबार्न र पट्याउन मिल्ने स्मार्ट फोन बनाइरहेका छन्।
(बीबीसी)


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x