करदाता सेवा कार्यालय चरिकोटबाट ३४ करोड बढी राजस्व संकलन
दोलखा । आन्तरिक राजस्वको कार्यालय, करदाता सेवा कार्यालय चरिकोटले ३४ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न राजस्व शीर्षक तथा उपशीर्षकमार्फत ३४ करोड ७५ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालयकी कर अधिकृत सम्झना गौतमले बताइन् ।
कार्यालयले आय कर व्यक्तिगत फार्मबाट छ करोड ३६ लाख ७६ हजार रुपैयाँ, पारिश्रमिक आयकरबाट दुई करोड ४५ लाख दुई हजार रुपैयाँ, पुँजीगत लाभ कर व्यक्तिगतबाट एक करोड २५ लाख ८२ हजार रुपैयाँ, आकस्मिक लाभकरबापत चार लाख ५२ हजार रुपैयाँ संकलन गरेको छ । यस्तै, सरकारी प्रतिष्ठानहरूबाट ३० हजार पाँच सय राजस्व संकलन भएको अधिकृत गौतमले बताइन् । त्यसैगरी पब्लिक आयकरमार्फत चार लाख ६७ हजार रुपैयाँ, प्रालि करबापत एक करोड ९७ लाख ११ हजार रुपैयाँ र अन्य निकायबाट ७९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करबापत तीन करोड ८४ लाख रुपैयाँ र बहाल करबापत ८० लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, परामर्श तथा ठेक्का करबापत छ करोड छ लाख ७४ हजार, पर्यटन सेवा करबापत छ लाख ६० हजार, वस्तु बिक्री तथा वितरण करबापत चार करोड १४ लाख २४ हजार रुपैयाँ राजस्व जम्मा भएको हो । व्याजकरबापत चार करोड २२ लाख आठ हजार, अन्तःशुल्कतर्फ मदिराबाट ४४ लाख २१ हजार र सुर्तीजन्य पदार्थबाट चार लाख ६९ हजार राजस्व जम्मा भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार एक वर्षमा आयकर १७ करोड ३ लाख ६० हजार, बहालकर ८० लाख ८३ हजार र व्याजकर चार करोड २२ लाख आठ हजार गरी २२ करोड छ लाख ५३ हजार आयकर जम्मा भएको हो । त्यस्तै मूल्य अभिवृद्धि कर (आन्तरिक) १२ करोड ६९ लाख एक हजार रुपैयाँ संकलन भएको छ । सोमध्ये बैंक भौचरबाट २० करोड ४९ लाख ८८ हजार रुपैयाँ र इ–पेमेन्टबाट १४ करोड २५ लाख ६६ हजार रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया