राष्ट्रिय खेलाडीहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गंगालालमा
काठमाडौं । राष्ट्रिय खेलाडिहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा स्वास्थ्य मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद् र अस्पतालका बीच सो सम्झौता भएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।
सो सम्झौताबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका सात सय ५७ खेलाडी लाभान्वित हुनेछन् । कार्यक्रममा प्यारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोबर्धनको स्वास्थ्य परीक्षण गरेर सो कार्यको सुरूवात समेत गरिएको छ । कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले खेलाडीको स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । आगामी वर्ष थप स्रोत सुनिश्चित गरेर खेलाडीहरूको स्वास्थ्य सुधारका लागि अरू थप के गर्न सकिन्छ । त्यसका लागि तयार रहेको बताए । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्यमन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको बताए । ‘यो सक्रियताका लागि स्वास्थ्यमन्त्रीलाई धन्यवाद,’ उनले भने ।
क्याटेगोरी : खेलकुद, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया