Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाद्वारा वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन

श्रीलंकाद्वारा वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन


कोलम्बो । श्रीलंकाको मन्त्रिपरिषद्ले एक अर्ब श्रीलंकाली रुपैयाँ (तीन करोड ३० लाख अमेरिकी डलर)को प्रारम्भिक विनियोजनका साथ वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

राष्ट्रपति रनिल विक्रमासिंघेले कोष स्थापना गर्न स्वीकृति माग गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको सूचना विभागले जनाएको छ । श्रीलंकाको केन्दीय बैंकले समाधान ढाँचालाई सुदृढ तुल्याउने कार्यलाई नियमन गरिएका वित्तीय संस्थाहरूको सङ्कट व्यवस्थापन ढाँचाअन्तर्गत तत्काल प्राथमिकता दिनुपर्ने मान्यता दिनुपर्ने विभागले बताएको छ ।

बैंकिङ (विशेष प्रावधान) ऐनअन्तर्गतका संकल्प उद्देश्यहरूको पूर्ति सुनिश्चित गर्न र यसद्वारा प्रदान गरिएका समाधान प्रक्रियाहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न वित्तीय स्थायित्व कोष स्थापना गरिनुपर्ने विभागले जनाएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा वित्तीय क्षेत्रमा स्थायित्व तथा सुधार कार्यक्रमअन्तर्गत श्रीलंकाले यस वर्ष २० करोड अमेरिकी डलर ऋण प्राप्त गर्ने अपेक्षा गरिएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x