झिम्रुक, असार १७
प्युठानको झिम्रुक गाउँपालिकामा प्राविधिकको सर्वेविपरीत कुलो निर्माण समितिले खेतभन्दा मुनिबाट कुलो निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ को डुडखोला सिमखेत सिचाई कुलो निमार्ण समितिले प्राविधिकले सर्वे नै नगरेको ठाउँबाट कुलो निर्माण कार्य अगाडि बढाएको स्थानीयले बताएका छन् । कुलो निर्माण समितिले स्थानीय उपभोक्तसँग छलफल तथा सहमति नगरिकन आफ्नो मनोमानी ढंगबाट सर्वे नै नभएको ठाउँबाट एकलौटी ढंगले कुलो निर्माण गरेको स्थानीयको भनाइ छ । निर्माण समितिमा पनि अध्यक्षले कोषाध्यक्ष र केही सदस्यहरूको कुरा समेत नसुनी आफूखुशी कुलो निर्माण गरेका हुन् ।
गाउँपालिकाको स्थानीय प्राविधिक सितल आचार्यले आफूले सर्वे गरेको कुलो निर्माणाधिन कुलो नभई अलि माथि भएको बताएका छन् । निर्माणधिन कुलो बनाउन आफूसँग कुनै सल्लाह समेत नगरेको उनको भनाइ छ । सर्वेविपरीत निर्माण गरिएको कुलोको निर्माणकार्य तत्काल रोक्नका लागि स्थानीयले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाललाई जानकारी गराए पनि काम नरोकिएको बताएका छन् । गतसाल पनि उक्त कुलो निर्माणको क्रममा विवाद देखिए पनि कुलोको सर्वे रोकिएको थियो । स्थानीयले उपभोक्ताले उक्त कुलो निर्माण कार्य तत्काल रोकी सबैको सहमतिमा कुलो निर्माण गर्न आग्रह गरेका छन् । खेतभन्दा मुनिबाट कुलो बनाएर कस्तो विकास गर्न खोजेको भन्दै स्थानीय उपभोक्ता आक्रोशित समेत बनेका छन् ।
क्याटेगोरी : नेपाल, समाचार
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया