भारतमा सामसुङका श्रमिक आन्दोलित
मुम्बई । दक्षिण भारतमा सामसुङ इलेक्ट्रोनिक्सका कर्मचारीहरूले राम्रो तलब र कामको समयको माग गर्दै सोमबारदेखि जारी गरेको एक हप्ताको हड्ताल बुधबार पनि चलेको छ ।
उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने प्रविधि कम्पनीले औद्योगिक कर्मचारीको आन्दोलनको प्रभाव उत्पादनमा नपर्ने बताएको छ । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो र यसको बढ्दो मध्यम वर्ग सामसुङको बढ्दो बजारको लागि एक महत्वपूर्ण स्रोत हो । सामसुङको उत्पादनले दक्षिण कोरियाको कुल गार्हस्थ्य उत्पादनको लगभग एक चौथाइ हिस्सा ओगटेको छ ।
हड्तालले समूहको कर्मचारीको पछिल्लो असन्तोषलाई सङ्केत गर्दछ । जुलाइमा दक्षिण कोरियामा हजारौँ युनियनमा आबद्ध कामदारहरूले तलब र लाभको विषयमा हड्ताल गरेका थिए । दक्षिणी सहर चेन्नईबाहिर रहेको एक प्लान्टमा टेलिभिजन, रेफ्रिजेरेटर र अन्य उपभोग्य सामग्री निर्माण गर्ने करिब एक हजार आठ सय कामदार कार्यरत सामसुङका सयौँ कर्मचारीले आन्न्दोलनमा भाग लिएका छन् ।
‘उच्च ज्याला र राम्रो काम गर्ने समयको अतिरिक्त, हामीले कम्पनीसँग हाम्रो युनियनलाई मान्यता दिन पनि माग गरिरहेका छौँ’, श्रमिक प्रतिनिधि र युनियनका नेता ई. मुथुकुमारले एएफपीलाई बताए ।
उनले भने, ‘हामीले हाम्रो माग कम्पनीलाई दिइसकेका छौँ र उनीहरुसँग वार्ता गरिरहेका छौँ । मुथुकुमारका अनुसार हड्तालका कारण उक्त क्षेत्रमा उत्पादनमा असर परेको छ । तर, सामसुङ इन्डियाका प्रवक्ताले भने कामदारको हित कम्पनीका लागि ‘उच्च प्राथमिकता’ रहेको र यसले कम्पनीका ग्राहकहरूलाई कुनै पनि ‘व्यवधान’ नहुने बताए । प्रवक्ताले भने, ’हामी हाम्रा कामदारहरूसँग सक्रिय रूपमा भेटवार्तामा छौँ ता कि उनीहरूसँग हुन सक्ने कुनै पनि गुनासोलाई सम्बोधन गर्न र सबै कानुन र नियमहरूको पालना गर्न सकियोस् ।’
संयुक्त राज्य अमेरिकासँगको भू–राजनीतिक तनाव र अन्य आर्थिक अड्चनका कारण चीनबाट बाहिर उत्पादन विविधीकरण गर्न चाहने प्रविधि कम्पनीहरूको लागि भारतले एक उदीयमान विनिर्माण हबको रूपमा आफूलाई प्रस्तुत गरेको छ ।
गुगलले यसै वर्ष भारतमा आफ्नो उत्पादन सुरु गरेको छ भने ताइवानी इलेक्ट्रोनिक्स जायन्ट फक्सकन, एप्पल आईफोनको प्रमुख ‘एसेम्बलर’ले प्रविधिका लागि चिनिने नजिकै एक प्रमुख फोन ‘एसेम्बली प्लान्ट’ स्थापना गर्दैछ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया