ह्यारिस र ट्रम्पबीचको प्रत्यक्ष बहस आरोप प्रत्यारोपमा सीमित
वासिङटन् । आगामी नोभेम्बर ५ मा हुनलागेको अमेरिकी निर्वाचनअघि बुधबार (११ सेप्टेम्बर)मा राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ट ट्रम्प र कमला ह्यारिसबीच पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा ह्यारिस र ट्रम्पबीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, प्यालेस्टिनी–इजरायली द्वन्द्व, युक्रेन सङ्कट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमनलगायत प्रमुख अमेरिकी विषयमा केन्द्रित भएको छ ।
करिब ९० मिनेटसम्म चलेको दुई नेताबीचको बहसमा धेरै यस्ता पलहरु बनेका थिए जुन हेर्न लायक थियो । बहसमा दुवै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गरेका थिए । बहसपछि उनीहरु हात मिलाएर आपसमा बिदा भएका थिए ।
एबीसी न्यूजले आयोजना गरेको बहसबाट दुई उम्मेमदवारबीच कडा प्रतिस्पर्धाको अवस्था रहेको देखाएको छ । बहसमा ट्रम्प र ह्यारिसले नोभेम्बर ५ मा हुने चुनाव आफूले जिते पछिका योजना र कार्यक्रमबारे चर्चा गरेका थिए । चार वर्षअघिको तुलनामा अमेरिकीहरूको अवस्था राम्रो छ कि छैन भनेर सोधिएको प्रश्नमा ह्यारिसले ट्रम्पले डेमोक्र्याटहरूलाई ‘महामन्दीपछिको सबैभन्दा खराब बेरोजगारी’ छोडेको आरोप लगाइन् । रिपब्लिकन नेता ट्रम्पले यो आरोप भ्रामक भएको बताए ।
ट्रम्पले सन् २०२० को अप्रिलमा कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दीका कारण बेरोजगारी १४ दशमलव आठ प्रतिशत पुगेको र आफूले कार्यालय छोड्दासम्म बेरोजगारी दर छ दशमलव चार प्रतिशत कायम भएको बताए ।
ह्यारिसले राष्ट्रपतिमा निर्वाचित भएमा प्रत्येक कर तिर्ने उमेरका बच्चाका लागि छ हजार डलरसम्म कर छुट र साना व्यवसायका लागि ५० हजार अमेरिकी डलर कर छुट दिने बताइन् । उनले ट्रम्पले अर्बपति र कर्पोरेसनलाई अरु कोहीभन्दा बढी प्राथमिकता दिने दाबी गर्दै पूर्वराष्ट्रपति ट्रम्पले बिक्री करको योजना बनाएको र यसले आम अमेरिकीलाई नोक्सान पु¥याउने दाबी गरे । ह्यारिसको कुरा काट्दै ट्रम्पले राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा उच्च मुद्रास्फीतिको सुरुवात गरेको, अहिले २१ प्रतिशत र केही वस्तुमा ६० प्रतिशतसम्म मुद्रास्फीति भएको बताए । ह्यारिसले प्रतिवादमा ट्रम्पको आरोप गलत भएको र अहिले मुद्रास्फीति दुई दशमलव नौ प्रतिशत रहेको बताए ।
बहसका क्रममा ट्रम्पले आफूले बिक्री कर लगाउने कुरा अस्वीकार गरे पनि अन्य देशले न्यूनतम १० प्रतिशतका दरले व्यापार शुल्क तिर्नुपर्ने बताए । विज्ञहरूका अनुसार अतिरिक्त महसुल उपभोक्तामाथि लगाइने करको मात्रा हो जसले उनीहरूलाई लागत हस्तान्तरण हुने हुँदा अतिरिक्त भुक्तानी गर्न मान्दैनन् ।
ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरे । त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाए । ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ‘ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका’ दाबी गरे ।
विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाए । तर, ट्रम्पले पछिल्ला केही वर्षका देखिएका भू–राजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने दाबी गरे । बहसमा ह्यारिसले इजरायलको प्रतिरक्षाको अधिकारलाई आफूले सधैँ समर्थन गर्ने तर प्यालेस्टिनीहरूको पनि सुरक्षित भएर आत्मसम्मानका साथ बाँच्ने हक रहेको बताइन् भने ट्रम्पले ह्यारिसलाई इजरायलले घृणा गर्ने गरेको आरोप लगाइन् ।
बहस अन्त्यतिर ह्यारिसले आफू भविष्यप्रति सचेत हुँदै केन्द्रित रहेको बताइन् । त्यसको प्रतिकार गर्दै ट्रम्पले यदि ह्यारिससँग यो योजना भएको भए उनले अहिले उपराष्ट्रपतिकै रूपमा त्यसलाई कार्यान्वयन गरेको हुनुपर्ने बताएका थिए ।
युक्रेनका बारेमा भएको एक अन्तर्वार्तामा ट्रम्पले आफूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेर युद्ध टार्न खोजेको बताए । ट्रम्पले ह्यारिसलाई पुटिनको ‘दूत’को संज्ञा दिँदै युद्ध सुरु हुनुअघि नै अमेरिकाले ह्यारिसलाई शान्ति वार्ता गर्न पठाएको तर तीन दिनपछि युद्ध सुरु भएको बताए । ट्रम्पले ह्यारिसलाई पुटिनले समर्थन गरेको आरोप पनि लगाए र वामपन्थी भने ।
ह्यारिसले ट्रम्पको दाबीलाई झुटो भन्दै सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि आफूले म्युनिख सुरक्षा सम्मेलनमा जेलेन्स्कीलाई भेटेको तर पुटिनलाई नभेटेको बताइन् । ह्यारिसले शान्तिको प्रयास गरेको तर आफ्ना कारण युद्ध सुरू नभएको भन्दै ट्रम्पको भनाइलाई खण्डन गरिन् ।
ट्रम्पले कमलालाई गर्भपतनको विषयमा प्रहार गर्दै आफ्नो विषयमा प्रहार गर्दै आफ्नो उपराष्ट्रपति उम्मेदवारका अनुसार अनुसार नौ महिनामा पनि गर्भपतन गराउनु सही भएको बताए । कमला उनको भनाइमा असहज देखिइन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया