Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार२६ सय ८८ बिन्दुमा शेयर बजार

२६ सय ८८ बिन्दुमा शेयर बजार


काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ बिन्दु नजिक पुगेको छ । साताको सुरुवाती कारोबार दिन देखि नैं लगातार ओरालो लागेको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार भने ७८ दशमलव १७ अंकले बढेर २६ सय ८८ दशमलव ३८ बिन्दुमा चढेको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ४० अंकले उकालो लागेर चार सय ७६ दशमलव ४८ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १८ वटा कम्पनीहरुको एक लाख तीन हजार चार सय ६२ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ९४ लाख ३३ हजार एक सय ५४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब १६ करोड ९२ लाख ७४ हजार छ सय १२ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x