मिस्टर एन्ड मिस लियो आयोजना हुँदै
काठमाडौं । बहु–डिस्ट्रिक्ट काउन्सिल नेपालले ‘मिस्टर एन्ड मिस लियो २०२४’ कार्यक्रम आयोजना गर्ने भएको छ । आयोजकले पत्रकार सम्मेलन गरी आगामी अक्टोबर ५ मा सो कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।
आयोजकका अनुसार सो प्रतियोगितात्मक कार्यक्रममा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन् । प्रतियोगिता काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरुष र एक महिला गरी दुई जना सहभागीले प्रतिनिधित्व गर्नेछन् । कार्यक्रमका समन्वयक इन्जिनियर मनिष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरुष र महिला दुवैलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार र १० हजार नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरूले पाँच हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
आयोजकका अनुसार प्रतियोगिताको तयारी स्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, आत्म–संवर्द्धन, र्याम्प वाक, पोर्टफोलियो निर्माणलगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ । एक वर्ष लियोको सदस्यता लिएका १८ देखि ३१ वर्षका लियो सदस्यहरूले कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया