शी लिड्स आइकनका लागि २७ जना छनोट
काठमाडौं । कल्प इम्पावर विमेन नेपालले शी लिड्स आइकनका लागि २७ जना महिला जनप्रतिनिधि छनोट गरेको छ । काठमाडौंस्थित बुद्धनगरमा एक पत्रकार सम्मेलन गरी आयोजकले शी लिड्स आइकनका लागि छनोट भएका २७ जना महिला जनप्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।
महिला जनप्रतिनिधिको योगदानका आधारमा कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जना महिला जनप्रतिनिधिहरू छनोट गरिएको छ । प्रतिस्पर्धाको लागि खुलारूपमा महिला जनप्रतिनिधिलाई सहभागी हुन आह्वान गरिएको थियो । आयोजकका अनुसार कोशी प्रदेशबाट २४, मधेश प्रदेशबाट १४, बागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट ११, लुम्बिनी प्रदेशबाट ३६, कर्णाली प्रदेशबाट १६ र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिको आवेदन दिएका थिए ।
स्थानीय तहका एक सय ४० जना महिला जनप्रतिनिधिबाट आवेदन प्राप्त भएकोमा एक सय २८ जना महिला जनप्रतिनिधिहरू प्रतिस्पर्धामा समावेश थिए । राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडडद्राको निर्णायक मण्डलले उनीहरूमध्येबाट २७ जना छनोट गरेका हुन् ।
आयोजकका अनुसार छनोट भएका २७ जनालाई २० दिनको समय दिएर जनमतका लागि लगिने छ । त्यसमध्ये तीन जनालाई विजेता घोषणा गर्दै तीन जना आइकनको कार्यस्थलमा पुगी प्राविधिक टोलीसहित वृत्तचित्र तयार पारिने छ । यसरी तयार पारिएको वृत्तचित्रलाई सामाजिक सञ्जाल, टेलिभिजन र शी लिड्स फेलोको मद्दतबाट नेपालमा ५० भन्दा बढी स्थानीय तहमा प्रदर्शन गरिने र सोबारे जनमत संकलन गरिनेछ । साथै, विशिष्टिकृत अग्रताको आधारमा शी लिड्स आइकनलाई राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरी
सम्मान गरिनेछ ।
संस्थाका अध्यक्ष पूजा कोइरालाका अनुसार ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने तीन जना महिला जनप्रतिनिधिलाई संस्थाले सम्मान गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया