नवप्रवर्तन उद्यमलाई चेम्बर अफ कमर्सले सहयोग गर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवप्रवर्तन उद्यमशीलताका लागि सहयोग गर्ने भएको छ । चेम्बर अफ कमर्सको ‘स्टार्ट–अफ एन्ड इनोभेसन’ समिति र अन्नपूर्ण मिडिया नेटवर्कबीच काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा नवप्रवर्तन उद्यमशीलता विकास गर्ने सम्बन्धमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा चेम्बर इनोभेसन समितिका सभापति पङ्कज जालान र अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले हस्ताक्षर गरे । चेम्बरले युवा उद्यमशीलतासम्बन्धी सञ्जाल विस्तार गर्ने, कानुनी सहायता र लगानीका लागि सहजीकरण गर्ने जनाइएको छ । यसका लागि अन्नपूर्ण मिडिया नेटवर्कका विभिन्न सञ्जालमा प्रचारप्रसार गर्ने सम्बन्धमा सहमति भएको हो ।
सम्झौता कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नवप्रवर्तन उद्यमशीलता विकास कार्यक्रम परिणाममुखी हुनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै उद्यमी बनाउन एवं रोजागरी सिर्जना गर्न चेम्बरले स्टार्ट–अप एन्ड इनोभेसन समितिमार्फत काम गरिरहेको अग्रवालले बताए । स्टार्ट–अप एन्ड इनोभेसन समितिका सभापति पङ्कज जालानले युवा उद्यमशीलता विकासका लागि अभियान चलाउने र युवालाई समितिका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध
ट्याग : #page 2
ताजा अपडेट
- प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले
- मानव तस्करीको आरोप लागेका पूर्वमन्त्रीलाई एमालेले गर्यो निलम्बन
- हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति
- चीनको अर्थतन्त्र सुधार्ने कोसिसलाई ट्रम्पले उल्ट्याइदिन सक्छन्?
- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची–महाकाली अभियान चलाइनेछ : अध्यक्ष दाहाल
- भैरहवाबाट एकै दिन तीन अन्तर्राष्ट्रिय उडान
- पाकिस्तानको रेलवे स्टेसनमा विस्फोटहुँदा १७ जनाको मृत्यु
- गाजा पट्टी पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत : राष्ट्रसङ्घीय अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया