Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा आर्थिक मन्दीको कारण इन्धनको माग न्यून

चीनमा आर्थिक मन्दीको कारण इन्धनको माग न्यून


पेरिस । चीनमा आर्थिक मन्दी देखिएका कारण पेट्रोलियम पदार्थको माग विश्वव्यापीरुपमा घटेको छ । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए)ले बिहीबार जनाएअनुसार सन् २०२० पछि सन् २०२४ को पहिलो अर्धवार्षिकसम्म तेलको माग विश्वभर सुस्त गतिमा बढेको छ ।

सन् २०२३ को पहिलो छ महिनामा इन्धनको माग २३ लाख ब्यारेल प्रतिदिन रहेकोमा सन् २०२४ को सोही अवधिमा प्रतिदिन आठ लाख ब्यारेलमा झरेको आईईएले आफ्नो मासिक प्रतिवेदनमा उल्लेख गरेको छ । मन्दीको मुख्य कारण सुस्त भएको चिनियाँ अर्थतन्त्रमा जुलाइमा लगातार चौथो महिनाको लागि उपभोग दरमा सङ्कुचित आएको आईईएले जनाएको छ ।

विश्वको शीर्ष उपभोक्ता र तेलको आयातकर्तामध्ये एक विश्वको दोस्रो ठूलो अर्थतन्त्र, चीन कमजोर उपभोक्ता खर्च, घरजग्गा कारोबारमा आएको संकट र उच्च बेरोजगारीको बीचमा संघर्ष गरिरहेको छ ।

जिवावशेष इन्धनको सट्टा वैकल्पिक ऊर्जातर्फ रूपान्तरण गर्ने चीनको नीति पनि इन्धन खपतमा न्यूनता आउनुमा जिम्मेवार रहेको आईईएले जनाएको छ । विद्युतीय सवारीको बढ्दो बिक्रीले सडक सवारीका लागि खर्च हुने इन्धनको माग घट्दा उच्च गतिको रेल सञ्जाल विकासले चीनको घरेलु हवाई यात्रालाई सीमित गरिरहेको आईईएले जनाएको छ ।

विश्वव्यापी तेलको माग औसतमा नौ लाख ब्यारेल प्रतिदिनले बढ्ने पूर्वानुमान गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा करिब ७० हजार ब्यारेल प्रतिदिनले कम हो । यसले कुल माग लगभग १० करोड ३० लाखमा झार्छ ।

‘ग्लोबल इकोनोमिक आउटलुक’ले यस वर्ष तेलको मूल्य घट्ने निष्कर्ष निकालेको छ । यस हप्ता, अन्तर्राष्ट्रिय मापदण्डअनुसार ब्रेन्ट नर्थ सीबाट प्रशोधन हुने इन्धन डिसेम्बर २०२१ पछि पहिलो पटक प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ ।

मूल्यमा आएको गिरावटले साउदी अरब र रूससहित तेल उत्पादन तथा प्रशोधन गर्ने राष्ट्रहरूको ओपेक समूहले प्रमुख सदस्यहरूलाई नियोजित उत्पादन वृद्धि स्थगित गरी यसको सट्टा नोभेम्बरको अन्त्यसम्म स्वैच्छिक आपूर्ति कटौती विस्तार गर्न प्रेरित गरेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा विभागले अर्को वर्षका लागि मागको सम्भावनाको थप मूल्याङ्कन गर्न केही समय लाग्ने बताएको छ । तर गैरओपेक राष्ट्रहरूबाट आपूर्तिमा समग्र मागभन्दा छिटो बढ्दै जाँदा, समूहले यसको अतिरिक्त प्रतिबन्धहरू कायम रहेता पनि पर्याप्त अधिशेषतिर हेरिरहेको हुनसक्ने जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x