‘सबैका घरघरमा एक वर्ष भित्र विद्युत् पुर्याइने’
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताएका छन् । उनले विद्युत्को आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्याउन लागिएको उल्लेख गरे ।
मन्त्री खड्काले नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका भन्दै यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताए । उनले भने, “निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।”
हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको बताउदै मन्त्री खड्काले विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषयमा सरकार केन्द्रित रहेको उनको भनाइ छ ।
मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताए । व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उनले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया