तोदीदाजुभाइको कारोबार शंकास्पद !
विराटनगर। विराटनगर महानगरपालिकामा रहेका श्रीअजन्ता इलेक्ट्रिक इम्पेकस र अजन्ता लाइट्स एन्ड इलेक्ट्रिक सेन्टरका सञ्चालकले व्यापक राजस्व छलि गरेको पाइएको छ ।
दुवै व्यावसायिक प्रतिष्ठानहरू विराटनगरको हनुमानदास रोडमा रहेका छन् । अजन्ता लाइट्स एन्ड इलेक्ट्रिक सेन्टरका सञ्चालक नारायणप्रसाद तोदी रहेका छन् भने श्रीअजन्ता इलेक्ट्रिक इम्पेक्सको सञ्चालक दिलीप तोदी रहेका छन् । उनीहरू दाजुभाइ हुन् । उनै दुई दाजुभाइले आ–आफ्नो वार्षिक कारोबार अडिटरको सहयोगमा न्यून देखाएर राजस्व छली गरेको पाइएको छ । नारायण प्रसाद तोदीले सात करोड र दिलीप तोदीले वार्षिक तीन करोड ७२ लाखको मात्रै कारोबार देखाएका छन् । उनीहरूले वार्षिक व्यवसायको बिक्री विवरण अत्यन्तै न्यून देखाएर आयकरमा व्यापाक छली गरेको स्रोतको दाबी छ । दुवै व्यावसायिक प्रतिष्ठानहरू कम्प्युटर विलिङमा जानुपर्ने अवस्थाबाट जोगिनका लागि कारोबार रकम कम देखाएर ठगी गरेको जानकारहरू बताउँछन् ।
दुबै व्यावसायिक फर्मको अडिटरसहित आन्तरिक राजस्व कार्यालयका कर्मचारी समेत तोदी दाजुभाइको आर्थिक प्रलोभनमा परी उनीहरूको कारोबारलाई डाकछोप गर्न लागेको स्रोतले दाबी गरेको छ । केही वर्षदेखि सरकारबाट जीएसटी प्रणालीमार्फत सामानको आयात तथा निर्यात गर्नुपर्ने बाध्यात्मक व्यवस्था छ । सोही कारण ब्यवसायी तोदी दाजुुभाइले भारतबाट सामान भन्सार जाँचपास गर्दा गर्ने गरेको खेलोफड्को बन्द भएको थियो । हाल उनीहरू खुुला बोर्डरको फाइदा उठाउदै क्यारिङको साहाराले सामानहरू व्यावसायिक प्रतिष्ठानको गोदाममा पुर्याउने गरेका छन् ।
पछिल्लो समय भन्सारले ठेला र रिक्साबाट एक पटकमा पाँच लाख मूल्यभन्दा बढीको ल्याउन नपाउने प्रावधान राखेको छ । तर इलेक्ट्रिक व्यापारी तोदी दाजुभाइले सामान आयात गर्दा पटकपटक ठेला र रिक्साको प्रयोगबाट अत्यधिक सामान आयात गर्ने गरेका छन् । स्रोतका अनुसार तोदी दाजुभाइले वार्षिक ५० करोडभन्दा धेरैको कारोबार गर्ने गरेका छन् । तर नारायण प्रसाद तोदीले सात करोड र दिलीप तोदीले तीन करोड ७२ लाखको कारोवार मात्रै देखाएपछि उनीहरूको कारोबार नै शंकाको घेरमा परेको हो । अधिकांश इलेक्ट्रिक सामानको बिक्री गर्दा भ्याट बिल अनिवार्य दिनुपर्नेमा तोदीले बिलबिजक नै जारी नगरीकन सामानको बिक्री गर्ने गरेका कारण मूअ करमा व्यापक राजस्व छली भएको स्रोतको दाबी छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया