Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसरकारी कर्मचारीलाई गरिमा क्यापिटलको निःशुल्क लगानी परामर्श सेवा

सरकारी कर्मचारीलाई गरिमा क्यापिटलको निःशुल्क लगानी परामर्श सेवा


काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरूको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरूका लागि ‘सित्तैमा’ लगानी व्यवस्थापन सेवा दिने भएको छ । कम्पनीले सरकारी कर्मचारीहरूको लागि यस्तो सेवा उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे हो ।

देशैभरिका सबै सरकारी कार्यालयहरूमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीमा अब कसरी सेयर बजारमा लगानी गर्ने ? कसरी सेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत ‘सित्तैमा लगानी व्यवस्थापन सेवा योजना’ सञ्चालनमा ल्याएको हो । यो योजनाले सम्पूर्ण सरकारी कर्मचारीको बजारप्रतिको सकारात्मक भावानालाई जीवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफलबाट बञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसँगै जोडिनका लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको छ ।

यो योजनाअन्तर्गत ग्राहकहरूले न्यूनतम लगानी रकम तीन लाख रुपैयाँ (नगद वा सेयर वा दुवै)बाट लगानी गर्न सक्नेछन् भने वार्षिक व्यवस्थापन शुल्कका साथै सेवाबाट बाहिरिँदा समेत कुनै शुल्क नलाग्ने गज्जबको योजना बजारमा ल्याएको हो । क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशतसम्म कार्य सम्पादन शुल्क लिने गरेकोमा यो योजनाअन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क लिने बम्पर छुटको व्यवस्था गरेको छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयमार्पmत सम्पर्क गरी यो सुविधा उपभोग गर्न सक्ने छन् । साथै, हवाट्स एप, भाइबर, सोसियल मिडियाबाट समेत सम्पर्क गरी यो सुविधा उपभोग गर्न सकिने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x