फ्लोरिकल्चर एसोसिएसनको अध्यक्षमा बादे निर्वाचित
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको अध्यक्षमा दिलीप बादे निर्वाचित भएका छन् । एसोसिएसनको शुक्रबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले बादेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
निर्वतमान अध्यक्ष मिन बहादुर तामाङलाई पराजित गर्दे बादे निर्वाचित भएका हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा राजेशभक्त श्रेष्ठ निर्वाचित भए उनले सिताराम पन्तलाई पराजित गरे भने उपाध्यक्षमा विश्वमणि पोखरलेलाई पराजित गर्दै रामबहादुर तामाङ निर्वाचित भए । अन्य कार्यसमितिका पदहरूमा भने निर्विरोध भएका थिए । निर्विरोध निर्वाचित हुनेहरूमा महासचिवमा हिरामणि शर्मा, सचिवमा राजु तामाङ, कोषाध्यक्षमा राजकृष्ण बजगाईँ रहेका छन् ।
यस्तै, सदस्यहरूमा कृष्णराम थापा, सुमन महर्जन, इन्द्र कुमार श्रेष्ठ, मन्दिर श्रेष्ठ, उत्तम तिमिल्सिना, रञ्जिता जिमी र कमला लामा निर्विरोध निर्वाचित भएका छन् । नयाँ बनेको कार्यसमितिलाई निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष बादेले पुष्प व्यवसायको विकास विस्तार र दिगोपनका लागि सबै पुष्प व्यवसायी एक ढिक्का भएर लाग्नुपर्ने समय आएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया