Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतनहुँमा ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा

तनहुँमा ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा


काठमाडौं । सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीन तारेस्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच सो होटलको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा उनले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए । ‘दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको, पछिल्लो समय व्यास–देवघाट कोरिडोर निर्माणदेखि एक सय आठ वटा मूर्ति निर्माण पनि भइरहेका छन्’, उनले भने । दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानी गर्न उनले लगानीकर्तालाई आग्रह समेत गरे । एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्रान्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो ।

एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए । प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरु गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुई वटा सिनेमा हाल सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ‘पछिल्लो समय यहाँका पर्यटकीय गन्तव्यहरू महर्षि वेदव्यासको तपोभूमि, बादलमाथिबाट सूर्यादय देखिने मानुङकोट डाँडा, मत्स्यकन्यालाई पुजिने छाब्दीबाराही र तनहुँ कालिकासँगै आदिकवि भानुभक्तले प्रेरणा पाएको घाँसीकुवाजस्ता ऐतिहासिक र पुरातात्विक महत्वका स्थानमा पर्यटकको संख्या बढिरहेको छ’, उनले भने, ‘उनीहरूका लागि लक्षित गरी होटल निर्माण गरिएको हो ।

एपेक्स हस्पिटालिटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील न्यौपानेले आफूहरूले सिद्धार्थ हस्पिटालिटीसँग सहकार्य गरेर नयाँ व्यवसाय सुरुवात गरेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x