चेम्बर लुम्बिनीले तीन वर्षे प्रादेशिक रणनीति बनाउने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले तीन वर्षे प्रादेशिक रणनीति बनाउने भएको छ । सो कार्यका लागि चेम्बर लुम्बिनीले रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनबाट सुरु गरेको छ । चेम्बर लुम्बिनीका अध्यक्ष टंक पोख्रेलले आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रादेशिक, जिल्ला र पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने गरी रणनीतिक योजना बनाइने जानकारी दिए । चेम्बर लुम्बिनीले गत बिहीबार आयोजना गरेको सो कार्यशालाको उद्घाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनसहित सिङ्गो पाल्पाको पर्यटन र व्यावसायिक प्रवद्र्धनका लागि सहयोग गर्न आह्वान गरे । तानसेनमा पर्यटन क्षेत्रको अपार सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे । बुटवल–पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधारहरू निर्माण गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले व्यावसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाँकी नराख्ने बताए । परम्परागतभन्दा भिन्न गतिविधि गरेर यसपालि चेम्बरले आफ्ना गतिविधि गर्ने उनको भनाइ थियो । चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिति र विभिन्न जिल्ला र नगरकार्यसमितिका अध्यक्षहरू उपस्थित भएको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिहरूले गर्ने कार्यक्रमको रणनीति बनाइँदैछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया