Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार’

‘निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार’


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसन प्रमुखसँगको भेटमा अध्यक्ष ढकालले निजी क्षेत्रले निर्वाधरूपमा काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताए ।

नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न पनि उनले कोषलाई आग्रह गरे । ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ’, उनले भने, ‘सोहीअनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ ।’ ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र व्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको बताए । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको बताउँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने उल्लेख गरे । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने पनि विश्वास व्यक्त गरे ।

पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठ वटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको उनले जानकारी गराए । यसैगरी उच्च विदेशी विनिमय सञ्चिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो । भेटका क्रममा मिसन प्रमुख सरवत जहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x