बंगलादेशमा नियमित विद्युत् आपूर्तिमा समस्या
ढाका । विगत केही दिनदेखि बंगलादेशमा लामो समय लोडसेडिङ हुँदा जनजीवन प्रभावित बनेको छ । डलर सङ्कटका कारण इन्धन आपूर्ति हुन नसक्दा विद्युत्गृहमा उत्पादन घटेको अधिकारीहरूले बताएका छन् ।
यसका साथै इन्धन आयातमा निर्भरताका कारण सरकारले निजी ऊर्जा कम्पनीहरूको बक्यौता पनि बढाइरहेको छ । जसका कारण मागअनुसार विद्युत् उत्पादन हुन सकिरहेको छैन ।
ऊर्जा विज्ञहरूले शेख हसिनाको सरकारले छोडेको आर्थिक विनाशले सम्पूर्ण विद्युत् उद्योगलाई गम्भीर सङ्कटमा पारेको बताएका छन् । अहिलेको अवस्थामा अन्तरिम सरकारले यस शीर्षकमा प्राथमिकताका आधारमा रकम विनियोजन गर्नुपर्नेछ । पूर्ण भुक्तानी सम्भव नभए पनि निर्वाध विद्युत् आपूर्ति कायम गर्न आवश्यक रकम विनियोजन गर्नुपर्नेछ ।
ऊर्जा तथा ऊर्जा सल्लाहकार मोहम्मद फुजुल कबिर खानले सङ्कट समाधानका लागि समयमै कदम चालिएको बताए । इन्धन आयातको रकम डलरमा भुक्तानी भइरहेको उनले बताए । बंगलादेशको विद्युत् अभावको मूल कारण डलरको सङ्कट रहेको उद्योगका जानकारहरू बताउँछन् । यसले गर्दा अन्य सबै समस्या पनि उत्पन्न भएका छन् ।
उनले भने, ‘अघिल्लो सरकारले सोचविचार नै नगरी सुरु गरेका विद्युत् आयोजनाको मार आम नागरिकले भोगिरहेका छन् ।’ बंगलादेशको हालको विद्युत् उत्पादन क्षमता २७ हजार मेगावाटभन्दा बढी भए पनि आन्तरिक माग भने १६ हजार मेगावाटभन्दा कम छ । रासस/सिन्ह्वा
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया