सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई समयमै वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । एक्सचेन्जले आर्थिक वर्ष २०८१/८२को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले समयभित्रै बुझाउन भनेको हो ।
नेप्सेले सूचीकृत कम्पनीहरूले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८१÷८२ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म रहेकोले उक्त शुल्क बुझाउन बाँकी कम्पनीहरूले समयभित्रै बुझाउन भनेको हो ।
नेप्सेले सूचीकृत कम्पनीहरूको चुक्ता पुँजीको आधारमा नवीकरण शुल्क निर्धारण गर्दै आएको छ । ५० करोड रुपैयाँसम्म चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक नवीकरण शुल्क ५० हजार रुपैयाँ, ५० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीले एक लाख रुपैयाँ वार्षिक शुल्क तिर्नुपर्नेछ । म्युचुअल फन्डका हकमा यो शुल्क ५० प्रतिशत छुट गरिएको छ । डिबेन्चर, म्युचुअल फन्डको चुक्ता पुँजी ५० करोडसम्म भएकाले २५ हजार रुपैयाँ र ५० करोडभन्दा बढी भएकाले ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तिर्नुपर्छ ।
तोकिएको समय अवधिमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिबाना लाग्ने र धितोपत्रको सूचीकरण स्थगन गर्ने नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली २०७५ले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र आफ्नो सूचीकरण नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया