भारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने
मुम्बई । अडानी समूहले महाराष्ट्रलाई छ हजार छ सय मेगावाट नवीकरणीय ऊर्जा र थर्मल पावरको दीर्घकालीन आपूर्तिको लागि बोलकबोल जितेको छ । कम्पनीले यसका लागि प्रतियुनिट चार रुपैयाँ आठ पैसा भारतीय रुपैयाँ मूल्य कबोल गरेको छ । अडानी समूहले जेएसडब्ल्यू इनर्जी र टाँरेन्ट पावरलाई पछाडि पार्दै विद्युत् बिक्री गर्न जित प्राप्त गरेको हो ।
मिडिया रिपोर्टहरूका अनुसार, अडानी समूहको २५ वर्षको लागि नवीकरणीय र थर्मल ऊर्जा दुवैको आपूर्ति गर्नेछ । अडानी समूहले बोलेको मूल्य महाराष्ट्रले हाल विद्युत खरिद गरिरहेको दरको तुलनामा प्रतियुनिट एक रुपैयाँ कम हो । यसले राज्यलाई आफ्नो भविष्यको शक्ति आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने बताइएकोे छ ।
अडानी समूहले ४८ महिनभित्र बिजुली आपूर्ति दिने बताएको छ । बोलपत्रको सर्तअनुसार अडानी पावरले सम्पूर्ण आपूर्ति अवधिमा प्रतियुनिट दुई रुपैयाँ ७० पैसाका दरले सौर्य ऊर्जा आपूर्ति गर्नेछ । तरm कोइलाबाट उत्पादित बिजुलीको मूल्य कोइलाको मूल्यका आधारमा निर्धारण गरिने भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया