काठमाडौ । नेपाली सेनाले वार्षिकरूपमा सञ्चालन गर्ने प्रधानसेनापति ट्रफी २०८१ सुरु भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरको खेल मैदानमा आइतबार एक कार्यक्रमका बीच प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन् ।
असोज १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ विद्यामा प्रतिस्पर्धा हुनेछ । साथै, प्रतियोगितामा पृतना, युद्ध मुद्दती बाहिनी र विशेष फौज बाहिनीका १४ वटा टिमहरूको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् । नेपाली सेनाभित्र रहेका खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ विसं २०६५ सालबाट प्रधान सेनापति ट्रफी सुरु भएको हो । खेलको माध्यमबाट मित्रताको अवधारणाअनुसार सैनिक नागरिक सम्बन्ध प्रगाढ तुल्याउने प्रतियोगिताको लक्ष्य रहेको छ ।
यसैबीच, प्रतियोगिताको उद्घाटनका अवसरमा आइतबार भएको पुरुषतर्फ एक हजार पाँच सय मिटर दौडमा रामचन्द्र बानियाँ र महिलातर्फ एञ्जिला कार्की प्रथम भएकी छन् । उनीहरूलाई प्रधानसेनापति सिग्देलले पुरस्कार वितरण गरेका थिए । यस्तै, प्रतियोगिता उद्घाटन समारोहमा सहभागी टिमहरूले मार्चपासका साथै विभिन्न खेलसम्बन्धी कला प्रस्तुत गरेका थिए । समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव, पूर्व प्रधानसेनापतिहरू, सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृतलगायतको उपस्थिति थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया