सिद्धार्थ बैंकद्वारा बहुद्देश्यीय हलको उद्घाटन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको श्री अमरसिंह माध्यमिक विद्यालयलको दृष्टिविहीन शाखामा निर्माण गरिएको बहुउद्देश्यीय हलको समुद्घाटन गर्दै उक्त हल विद्यालयलाई औपचारिकरूपमा हस्तान्तरण गरेको छ । हलको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया तथा विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले गरेका हुन् ।
बैंकले उक्त हल निर्माण गर्नुका साथसाथै विद्यालयललाई २० थान कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरू जस्तै सोलार, युपीएस र ब्याट्री पनि प्रदान गरेको छ । यस सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको आवश्यकतालाई पूरा गर्दै उनीहरूको आत्मविश्वासमा पनि वृद्धि ल्याउने छ भन्ने विश्वास लिएको छ । यसैगरी विद्यालयलाई प्रदान गरिएका कम्प्युटरमार्फत विद्यार्थीलाई आधुनिक प्रविधिमा पोख्त्त बनाउन, शैक्षिक सामग्री अनलाइनमार्फत प्राप्त गर्न, प्राविधिक सीपलाई बढाउन केही हदसम्म भए पनि मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।
बैंकले आफ्नो स्थापना कालबाट नै विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ भने आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैं आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया