नेपाल मेडिकल कलेजको अध्यक्षमा अन्सारी
काठमाडौं । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालको अध्यक्षमा प्राडा जैनुद्दिन अन्सारी निर्वाचित भएका छन् । शुक्रबार कलेजको २४औँ वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
लामो समयदेखि कलेजका अध्यक्ष रहेका डा भोला रिजालले प्राडा अन्सारीलाई अध्यक्षको पदभार हस्तान्तरण गरेका थिए । उनी कलेजको प्रबन्ध निर्देशक रहेर काम गर्दै आएका थिए । सभाले उनलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । यस्तै, साधारणसभाले डा आनन्द प्रसाद श्रेष्ठ, डा साविहा यासमिन, शाहनवाज अन्सारीलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष प्राडा अन्सारीले नेपाल मेडिकल कलेजलाई नयाँ उचाइ र सफलतामा लैजाने बताए । यस्तै, उनले आगामी दिनमा कार्डियोलोजी सेवा विस्तार गर्ने, सिटी, एमआरआईलगायत अत्याधुनिक स्वास्थ्य उपकरण भित्र्याउने र नयाँ सेवाहरू विस्तार गर्ने बताए । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को बजेट तथा अध्यक्षको प्रतिवेदन पास गरेको छ । कलेजमा मेडिकल शिक्षाका एमबीबीएस, बीडीएस, एमडी/एमएस, एमडीएस, बिएस्सी नर्सिङ, एमएस्सी नर्सिङ विषयमा अध्ययन अध्यापन हुने गरेको छ । स्वास्थ्य सेवातर्फ कलेजले नवीनतम स्वास्थ्य उपकरणसहित विशिष्टीकृत स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने जनाएको छ ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 3
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया