सैंबु खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षमा थापा
काठमाडौं । सैंबु खानेपानी तथा सफाइ उपभोक्ता समितिको अध्यक्षमा दीपक थापामगर निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्षमा क्रमशः विनोद कुँवर, विसुराम थापा, निरु कुँबर, धनश्याम थापामगर र नारायण थापा चयन भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा गंगादेवी खड्का, सुदर्शन कुँबर, भगवती थापा, लक्ष्मी केसी, सुरेश थापा, शेषानन्द सञ्जेल र भगवती सापकोटा चयन भए । नवनिर्वाचित अध्यक्ष थापामगरले अघिल्लो कार्यसमितिले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए । कार्यक्रममा ललितपुर महानगरपालिका–१८ का वडा अध्यक्ष दामोदर खड्काले वडाका ४० प्रतिशत जनसंख्यालाई खानेपानी आपूर्ति गरेर उत्कृष्ठ कार्य गरेको बताए । उनले वडाको चालू आवको बजेटमा आठ लाख रुपैयाँ अनुदान दिएको पनि जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया