विश्व बैंकका उच्च अधिकारी र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता
काठमाडौँ । सहरी विकास मन्त्रालयमा सोमबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ । उक्त भेटमा उनीहरुबीच विश्व बैंकसँगको सहकार्यमा सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।
काठमाडौँ उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले सहकार्यका लागि आग्रह गरेका थिए । “विश्व बैंकले काठमाडौँ उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,” उपप्रधानमन्त्री सिंहले भने ।
उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यकाका नदीनाला व्यवस्थित गर्ने, सांस्कृतिक सहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्न जोड दिए । सो अवसरमा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ योजनामा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताइन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया