बैंकहरूले घटाए ब्याजदर
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर फेरि घटाएका छन् । चालू आर्थिक वर्षको भदौ महिनामा निक्षेपमा औसत छ दशमलव ४७ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरूले असोज महिनाका लागि छ दशमलव चार प्रतिशत औसत ब्याज कायम गरेका छन् । कुमारी बैंकले असोज महिनाको लागि निक्षेपमा छ दशमलव शून्य एक प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा छ दशमलव सात प्रतिशत ब्याज दिएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले छ दशमलव पाँच प्रतिशत ब्याज तोकेको छ भने हिमालयन बैंकले सात प्रतिशत ब्याज तोकेको छ । भदौ महिनामा यी दुई बैंकले क्रमशः छ दशमलव पाँच प्रतिशत र सात प्रतिशत ब्याज दिएको थिए । प्रभु, लक्ष्मी सनराइज र प्राइम कमर्सियल बैंकले क्रमशः छ दशमलव एक प्रतिशत, छ दशमलव पाँच र सात दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् । भदौ महिनामा यी बैंकहरूको निक्षेपको ब्याजदर क्रमशः छ, पाँच दशमलव पाँच र छ दशमलव ७५ प्रतिशत थियो ।
ग्लोबल आईएमई, सिटिजन्स बैंक इन्टरनेसनल र राष्ट्रिय वाणिज्य बैंकले असोज महिनाका लागि निक्षेपको लागि क्रमशः छ दशमलव २५ प्रतिशत, छ दशमलव १५ र छ प्रतिशत ब्याजदर तोकेका छन् । भदौ महिनाको लागि भने यी बैंकहरूको क्रमशः छ दशमलव २५ प्रतिशत, छ दशमलव ७५ र छ दशमलव शून्य सात प्रतिशत ब्याज दिएका थिए । कृषि विकास बैंक, एनआईसी एसिया बैंक र नबिल बैंकले क्रमशः छ दशमलव शून्य सात, सात दशमलव १८ र छ दशमलव ७५ प्रतिशत ब्याज तोकेका छन् । भदौ महिनामा यी बैकहरूले क्रमशः छ दशमलव शून्य पाँच, सात दशमलव ४१ र सात प्रतिशत ब्याज दिएका थिए । नेपाल बैंक, एनएमबी बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले क्रमशः पाँच दशमलव ९५, छ दशमलव पाँच र सात प्रतिशत ब्याज तोकेका छन् । भदौ महिनामा यी बैंकहरूको यस्तो ब्याजदर क्रमशः पाँच दशमलव २५, सात दशमलव ४१ र सात प्रतिशत थियो ।
नेपाल एसबिआई बैंक, माछापुच्छे« बैंक र सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको असोज महिनाको लागि क्रमशः छ प्रतिशत, छ दशमलव पाँच र छ दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । भदौ महिनामा यी बैंकहरूको यस्तो ब्याज क्रमशः छ दशमलव तीन, छ दशमलव पाँच र छ दशमलव पाँच प्रतिशत थियो । सानिमा र एभरेष्ट बैंकले क्रमश पाँच दशमलव नौ प्रतिशत र छ प्रतिशत ब्याज तोकेका छन् । भदौ महिनामा यी बैंकहरूको निक्षेपको ब्याजदर क्रमशः छ दशमलव दुई र छ दशमलव तीन प्रतिशत दिएका थिए ।
बैंकिङ निक्षेप ६५ खर्ब नाघ्यो
बैंकिङ प्रणालीमा निक्षेप बढेर ६५ खर्ब रूपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भदौ २७ गतेसम्म बैंकिङ प्रणालीमा ६५ खर्ब पाँच अर्ब रूपैयाँ निक्षेप सङ्कलन भएको छ । बैंकहरूले भदौ २७ गतेसमम ५२ खर्ब १३ अर्ब रूपैयाँ ऋण लगानी गरेका छन् ।वाणिज्य बैंकहरूले मात्रै ५७ खर्ब ७७ अर्ब रूपैयाँ निक्षेप सङ्कलन गरेका छन भने ४६ खर्ब १४ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब २७ अर्ब निक्षेप सङ्कलन गरी पाँच खर्ब ९९ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमासम्म ऋण लगानी गर्न पाउँछन् । तर, अहिलेसम्म जम्मा ७८ दशमलव ७८ प्रतिशत लगानी गरेका छन् । अहिले बैंकहरूसँग कुल छ खर्ब ४१ अर्ब रूपैयाँ लगानीयोग्य रकम छ ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया