अधिकतम प्रतिफल सुनिश्चित हुने गरी लगानी गर्न कोषलाई आग्रह
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकतम प्रतिफल सुनिश्चित हुने गरी लगानी गर्न कर्मचारी सञ्चय कोषलाई आग्रह गरेका छन् । कोषको ६३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले लगानी गरेर चित्त बुझाउने मात्रै लगानी उठाउन पनि पहल गर्न आग्रह गरे ।
‘सरकारको ‘जमानी’ मा लगानी गर्ने अवसर पाउनुभयो, कुनै संस्थामा २७ अर्बभन्दा बढी लगानी उठ्न बाँकी छ । सरकार जमानी बसेको छ भनेर ढुक्क भएर बस्नुहुन्छ कि लगानी उठाउनका पहल गर्नुहुन्छ ?’, उनले प्रश्न गरे । लगानीले कस्तो प्रतिफल दिएको छ भन्नेलाई सूक्ष्म ढङ्गले आकलन गरी बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्नेतर्फ लाग्न उनले निर्देशन दिए । यस्तै, उनले लगानीका दायरा विस्तार गरेर जान पनि सुझाव दिए । ‘अहिले लगानी गरिरहेको क्षेत्रमा खुम्चिएर बस्ने कि दायरा अझ विस्तारित गर्ने ?’, उनले भने ।
अर्थमन्त्री पौडेलले सञ्चयकर्ताको भरोसा संरक्षण, सञ्चयको संरक्षण र कोषमा जम्मा भएको प्रतिफललाई विस्तारित र सञ्चयकर्तालाई अधितम लाभान्वित दिने बारेमा सोच्नुपर्ने बताए । कार्यक्रममा कोषका प्रशासक जितेन्द्र धितालले सूचना प्रविधिमा आधारित कार्य प्रणाली, आधुनिक बैंकिङ सञ्जालको उपयोग, छरितो व्यवस्थापन प्रणालीको अवलम्बनमार्फत कोषको सेवा प्रवाहलाई अत्याधुनिक बनाउँदै लगिएको बताए ।
कोषमा हाल ३३ हजार छ सय कार्यालयका पाँच लाख ७५ हजार योगदानकर्ता आबद्ध छन् । यस्तै, निवृत्तभरण कोषअन्तर्गत तीन हजार आठ सय कार्यालयका ८० हजार चार सय योगदानकर्ता कोषमा सूचीकृत भएका छन् । कोषले सञ्चयकर्तालाई स्वास्थ्य उपचार, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपूर्ति र काजकिरिया अनुदान योजनाअन्तर्गत आर्थिक सुविधा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्ता वा निजको पति वा पत्नीको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्येक आर्थिक वर्षमा अधिकतम एक लाख र घाट रोगको उपचारका हकमा सेवा अवधिभर अधिकतम १० लाख रुपैयाँसम्म शोधभर्ना गर्दै आएको छ । कोषले सञ्चयकर्तालाई ९० प्रतिशतसम्म विशेष सापटी, एक करोडसम्म घर, ४० लाखसम्म शैक्षिक, ३० लाख घर मर्मत, ४० लाखसम्म सरल र एक करोड रुपैयाँसम्म जग्गा खरिद सापटी प्रदान गर्ने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- पोखरा महानगरपालिकाको कागजपत्र अख्तियारको नियन्त्रणमा
- ‘बीबी माइनस ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटी’
- ट्रम्पका कारण चीन, क्यानडा र मेक्सिकोको मुद्रा अवमूल्यन
- दुर्गा प्रसाईंको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
- एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन: बोलपत्र आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया