टोस्टमास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न
काठमाडौं । टोस्ट मास्टर्स नेपालको साइटेसन २०२४ सम्पन्न भएको छ । हालै काठमाडौंको अलफ्टमा भएको उक्त साइटेसनमा देशभरका करिब तीन सय सदस्यहरू उपस्थित रहेका थिए । काठमाडौं, भक्तपुर, झापा, धरान, बुटवल, भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, पोखरा र चितवनका ६० भन्दा बढी क्लबका सदस्यहरू साइटेसनमा सहभागी भएको कम्पनीले जनाएका छ ।
‘टुगेदर फर हन्ड्रेड’ भन्ने नाराका साथ टोस्टमास्टर्स इन्टरनेसनलको शतवार्षिकी मनाउँदै सन् २०२६ सम्ममा नेपालमा एक सय वटा टोस्टमास्टर्स क्लबको लक्ष्य हासिल गर्ने जनाइएको छ । टोस्टमास्टर्स नेपालले हरेक वर्ष टोस्टमास्टरको सदस्यभन्दा बाहेकको एक व्यक्तिलाई सञ्चार तथा नेतृत्व क्षमताका लागि ‘दि कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ । यस वर्षको ‘कम्युनिकेटर अवार्ड २०२४’ भूषण दाहाललाई प्रदान गरिएको थियो ।
कार्यक्रमका मुख्य वक्ता अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर तथा हिन्दु पौराणिक कथाका विज्ञ अतुल सत्य कौशिक थिए । कार्यक्रममा टोस्टमास्टर्स इन्टरनेसनलको डिस्ट्रिक्ट ४१ कि डिस्ट्रिक्ट डाइरेक्टर मुन प्रधानले यस वर्षको साइटेसनले नेपालको टोस्टमास्टर्स समुदायबीचको एकताको भावनालाई प्रस्तुत गरेको बताए । साइटेसनमा पाँचवटा डिभिजनहरूको ह्युमरस स्पिच, टोस्टमास्टर सीमा गोल्छाको स्ट्यान्ड–अप कमेडी प्रस्तुति, अन्य थुप्रै सदस्यहरूको नृत्य र गायनलगायत मनोरञ्जनात्मक प्रस्तुतिको साथमा अन्य थुप्रै सामूहिक गतिविधिहरू र पुरस्कारहरू समावेश थिए । यस वर्षको साइटेसनको सफलताले नेपालमा टोस्टमास्टर्सको बढ्दो चर्चा र आकर्षणलाई प्रस्ट बनाएको छ । यस साइटेसनले हरेक वर्षझैँ नयाँ बेन्चमार्क सेट गर्दै आउँदो वर्षभर हुने टोस्टमास्टर्सका कार्यक्रमहरूप्रतिको उत्सुकतालाई झनै बढाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया