नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक कलेजले विकास गरेको पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडीको शुभारम्भ कार्यक्रममा उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।
मन्त्री दाहालले प्रविधिको विकास र प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि मन्त्रालय अग्रसर रहेको समेत बताए । औद्योगिक मुलुकका कारण विश्वव्यापीरूपमा बढिरहेको कार्बन उत्सर्जनको मारमा नेपालजस्ता मुलुकहरू परिरहेको उनको भनाइ थियो । यसले हिमालदेखि समुद्रसम्म प्रदूषण बढाएको उनले बताए । ‘यस्ता विश्वव्यापी चुनौतीको सामना गर्न नेपाल पनि तयार रहनुपर्छ । त्यसका लागि वातावरणमैत्री र नवीकरणीय इन्धनको प्रवद्र्धनमा जोड दिन आवश्यक छ’, उनले भने ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालले प्राकृतिकरूपबाट नै हाइड्रोजन प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए । पेट्रोल र हाइड्रोजनको प्रयोगबाट चल्ने ‘इन्जिन’ निर्माणको नेतृत्व गरेका डा प्रकाश थापाले पेट्रोलबाट चल्ने पुरानो कारको इन्जिनलाई हाइड्रोजन उपयोग गरी पेट्रोलको खपत कम गराउन पहिलो पटक नमुनाका रूपमा इन्जिन बनाइएको बताए । यस प्रविधिको विकास र विस्तार गर्न सके थोत्रा भएर थन्किएका सयौँ सवारी साधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, सहायक डिन चिन्तामणि पोखरेललगायतले नेपाली प्राविधिक र प्रविधिलाई प्रोत्साहनको खाँचो औँल्याए । सोही कार्यक्रममा ‘कन्भर्सन’ प्रविधि उपयोग गरी इन्जिन रूपान्तरण गरिएको कारमा मन्त्री दाहाल, सांसद ठाकुर गैरे, पूर्वमन्त्री कर्णबहादुर थापा समेत सवार थिए । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हाइड्रोजन विज्ञलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
- समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम लिइन्न : महासचिव चन्द
- कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
- इन्भेष्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ प्राबधान
- काठमाडौँमा शनिबार तीन शव भेटिए
- चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई विद्युतीय सवारी हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया