अमेरिकामा ट्रम्पमाथि हमला गर्ने प्रयास
वासिङटन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरि एक पटक घातक हमला गर्ने प्रयास भएको छ । सीएनएनका अनुसार ट्रम्प फ्लोरिडाको पाम बिच काउन्टीमा रहेको अन्तर्राष्ट्रिय गल्फ क्लबमा खेलिरहेका थिए । त्यसपछि आफ्नो सुरक्षामा संलग्न गोप्य सेवा एजेन्टले झाडीमा लुकेको एक संदिग्ध देखे र त्यो व्यक्तिसँग एके–४७ जस्तो राइफल गो प्रो क्यामेरा थियो । बन्दुक गल्फ कोर्सतर्फ लक्षित थियो ।
ट्रम्प र आक्रमणकारीबीच करिब तीन सयदेखि पाँच सय मिटरको दूरी थियो । सेवा संदिग्धले एजेन्टलाई देख्नेबित्तिकै गोली चलाएको थियो, त्यसपछि संदिग्ध व्यक्ति आफ्नो कालो एसयूभीमा भागेका थिए । यस क्रममा त्यहाँ उपस्थित एक प्रत्यक्षदर्शीले संदिग्धको कारको फोटो खिचे । यसमा फेला परेको नम्बर प्लेटका आधारमा गोप्य सेवाले गाडीलाई पछ्याई गल्फ कोर्सबाट ६० किलोमिटर टाढा राजमार्गमा शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो ।
यसै वर्ष जुलाई १३ मा अमेरिकी राज्य पेन्सिलभेनियाको बटलर सहरमा चुनावी ¥यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको थियो, जसमा उनको कानबाट गोली लागेको थियो ।
एफबीआईलाई यस घटनाको अनुसन्धानको जिम्मेवारी दिइएको छ । एफबीआईले यसलाई ट्रम्पको हत्याको प्रयास भनेको छ । शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ । संदिग्धको पहिचान ५८ वर्षीय रायन रोथको रूपमा गरिएको छ । गुप्तचर सेवाले ट्रम्प सुरक्षित रहेको जानकारी दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया