Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारफिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक

फिनल्यान्डमा नाटो उपस्थितिको नेतृत्व गर्न स्विडेन इच्छुक


स्कटहोम । सैन्य गठबन्धनका दुई नयाँ सदस्यले सोमबार छिमेकी फिनल्यान्डमा भावी नाटो ल्यान्ड फोर्स (स्थल सेना) को व्यवस्थापन गर्न स्विडेन तयार रहेको घोषणा गरेका छन् । फिनल्यान्डको सीमा रुससँग जोडिएको छ ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसको आक्रमणलाई दृष्टिगत गरी दुवै नर्डिक मुलुकले दशकौँको सैन्य असंलग्नतालाई परित्याग गर्दै नाटो सदस्यताका लागि आवेदन दिएका थिए । फिनल्यान्ड सन् २०२३ मा र स्विडेन यस वर्ष नाटोको सदस्य बनेका छन् ।

नाटोले जुलाईमा रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्ने फिनल्यान्डमा कथित फरवार्ड ल्यान्ड फोर्सेस (एफएलएफ) को उपस्थिति विकास गर्नुपर्ने बताएको थियो ।

फिनिश रक्षामन्त्री एन्टी हक्कानेनले पत्रकार सम्मेलनमा भने, ‘नाटो देशमा यस्तो प्रकारको सैन्य उपस्थितिका लागि अवधारणाको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने फ्रेमवर्क आवश्यक छ ।’ नाटो देशहरूले स्विडेनलाई फिनल्यान्डले बल व्यवस्थापन गर्न आग्रह गरेको बताए ।

हक्कानेनले स्वीडिस समकक्षी पल जोन्सनसँग पत्रकार सम्मेलनमा भने, ‘फिनल्यान्डमा अग्रीम स्थल सेनाका लागि फ्रेमवर्क मुलुकका रूपमा भूमिका निर्वाह गर्ने स्वीडिस सरकारको महत्वाकांक्षा छ ।’

जोन्सनले प्रक्रिया अहिले नै ‘प्रारम्भिक चरण’ मा रहेको र नाटोभित्र विवरण तयार गरिने कुरामा जोड दिए । उनले स्वीडिस संसद्सँग पनि थप परामर्श गरिने जानकारी दिए । फिनिस रक्षामन्त्री हक्कानेनले वास्तविक बलका बारेमा विवरण नाटोका अन्य मुलुकसँग योजना बनाएर स्पष्ट गरिने बताए । उनका अनुसार सैनिकहरूको संख्या र उनीहरूको यकिन स्थानबारे अहिले नै निर्धारण भइसकेको छैन ।

नाटोले हाल पूर्वी युरोपमा बुल्गेरिया, इस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्यान्ड, रोमानिया र स्लोभाकियामा यस्ता अग्रीम समूवा वा ‘बहुराष्ट्रिय युद्ध समूह’ रहेको बताएको छ । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x