Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने

अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन डलर सहयोग दिने


ढाका । अमेरिकाले बंगलादेशलाई दुई सय मिलियन अमेरिकी डलरबराबरको सहयोग गर्ने घोषणा गरेको छ । सहयोगका लागि बंगलादेशको अर्थ मन्त्रालयका अतिरिक्त सचिव एकेएम शाहबुद्दीन र अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड)का निर्देशक रिड जे. एश्लिमानले ढाकामा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यसै सिलसिलामा बंगलादेश र अमेरिका बीच ‘विकास उद्देश्य अनुदान सम्झौता’मा छैटौँ संशोधन पनि भएको छ । बंगलादेशको अर्थ मन्त्रालयका अनुसार यो सहयोग युवाको कल्याण, स्वास्थ्य सेवा सुधार र व्यापार अवसर बढाउन प्रयोग गरिने बताइएकोे छ ।

यूएसएडले यो रकम अमेरिकी कृषि विभाग, सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा उपलब्ध गराउनेछ । यूएसएडका अनुसार यसको उद्देश्य सुशासन, सामाजिक विकास र अर्थिक अवसरहरुको प्रवर्द्धन गर्नु रहेको छ ।

सेप्टेम्बर १५ मा अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलले बंगलादेशको भ्रमण गरेका छन् । प्रतिनिधिमण्डलमा अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया ब्युरोका सहायक विदेशमन्त्री डोनाल्ड लु पनि सहभागी थिए । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले ढाकामा उक्त प्रतिनिधिमण्डलसँग भेटवार्ता गरिसकेका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x