Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक लगानी प्रतिबद्धता साढे १३ अर्ब

वैदेशिक लगानी प्रतिबद्धता साढे १३ अर्ब


काठमाडौं । यस आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा एक सय ७३ परियोजनाका लागि १३ अर्ब ५८ करोड १२ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौमा ६६ वटा परियोजनाका लागि तीन अर्ब ८३ करोड रुपैयाँ र साउनमा एक सय सात परियोजनाका लागि साढे नौ अर्बबराबरको लगानी प्रतिबद्धता आएको थियो ।

भदौ महिनामा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) क्षेत्रसहित चार अर्ब ११ करोड ६६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । एसपीए तथा एसएसएका लागि ७ वटा परियोजनामार्फत २८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

दुई महिनामा १२ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यसरी आएको लगानी प्रतिबद्धताबाट उद्योग सञ्चालनमा आउँदा चार सय ८५ जनाले रोजगारी पाउनेछन् ।

विभागले साउनमा तीन सय २३ जना र भदौमा एक सय ६२ जनाले रोजगारी पाउने गरी वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

विभागले नेपालमा वैदेशिक लगानी स्वीकृत गर्न थालेदेखि अहिलेसम्म पाँच खर्ब ३२ अर्ब ९९ करोड ४६ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो लगानी प्रतिबद्धता छ हजार पाँच सय ५५ वटा परियोजनका लागि आएको हो । यो सबै लगानी तीन लाख ३४ हजार छ सय २४ जनाले रोजगारी पाउने गरी आएको हो ।

तर, नेपालमा जति वैदेशिक लगानी प्रतिबद्धता आउँछ त्योअनुसार लगानी भित्रिएको भने पाइँदैन । विभागका अधिकारीहरूले लगानी प्रतिबद्धता आउने भए पनि विभिन्न कारण लगानी भित्रिन नसकेको बताउने गरेका छन् । सरकारले पनि वैदेशिक लगानी भित्र्याउन कानुनी सुधार गरिरहेको छ । विभिन्न समयमा लगानी सम्मेलन गरी नेपालमा लगानी गर्न सकिने सम्भावनाका परियोजना सोकेस पनि गर्दै आएको छ । यसपछि प्रतिबद्धता आउने तर लगानी नआउने प्रवृत्ति दोहोरिँदै आएको देखिन्छ  । पर्यटनमा सबैभन्दा धेरै प्रतिबद्धता

गएको दुई महिनामा नेपालमा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रका परियोजनामा आएको छ । नेपालमा प्रतिबद्धता भएका उद्योगमध्ये ७१ दशमलव ७३ प्रतिशत पर्यटन क्षेत्रका छन् । पर्यटन उद्योगमा कुल लगानी प्रतिबद्धतामध्ये ६९ प्रतिशत प्रतिबद्धता आएको छ । त्यसपछि सेवा क्षेत्रमा धेरै प्रतिबद्धता आएको छ । विभागका कुल प्रतिबद्धता आएको उद्योगमध्ये १५ दशमलव १६ प्रतिशत सेवा क्षेत्रका उद्योग छन् । जसमा कुल लगानी प्रतिबद्धता आएको लगानीमध्ये २१ प्रतिशत प्रतिबद्धता आएको छ ।

लाभांश वितरण: नेपालमा वैदेशिक लगानी स्वीकृत हुँदै जाँदा लगानीकर्ताले आफूले लगानी गरेको उद्योगबाट प्राप्त लाभांश आफ्नो देश लैजाने गरेका छन् । यस आर्थिक वर्षको साउन र भदौमा मात्रै विदेशी लगानीकर्ताले छ करोड ४० लाख ४२ हजार चार सय ५८ रुपैयाँबराबर लाभांश लगेका छन् । गत आर्थिक वर्षको साउन र भदौमा २५ करोड सात लाख नौ हजार छ सय एक रुपैयाँ लाभांश लगेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x