Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने

आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आउँदो संसद् अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने बताएका छन् । नेपाल पर्वतारोहण संघको ३४औँ वार्षिकोत्सव समारोहमा उनले सो ऐन बनेपछि पर्यटन क्षेत्र थप चलायमान हुने उल्लेख गरे ।

संस्कृति, पर्यटन र उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आफ्नो ध्यान रहेको उनले बताए । यस्तै, उनले देश विकासका लागि देखिएका समस्या समाधान गर्न दुई प्रतिष्पर्धी पार्टी एकठाउँमा उभिनुपरेको उल्लेख गरे । उनले भने, ‘हामी एकताबद्ध भएर सबै प्रकारका समस्या समाधान गर्न चाहन्छौँ । यसमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपालगायत सबैलाई जोडेर काम गर्न चाहन्छौँ । दुई पार्टीको मनोमानी कायम गर्नका लागि गठबन्धन बनेको होइन ।’

अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएको उल्लेख गर्दै मन्त्री पाण्डेले सबै मिलेर देशलाई बनाउने बेला भएको बताए । ‘देश बनेपछि राजनीतिक प्रतिष्पर्धा गरौँला । त्यसैले कम्तीमा विसं २०८४ सम्म नेपाललाई एउटा गतिमा अघि बढाउने गरी सहकार्य गरौँ । त्यसपछि स्थिर शासन, स्थिर अर्थतन्त्रसहित स्वच्छ प्रतिस्पर्धासहित अगाडि बढ्नु त छँदैछ’, उनको जिकिर थियो । कार्यक्रममा पूर्वपर्यटनमन्त्री भीम आचार्यले दश वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले ठूला विमानस्थल सञ्चालन र नेपाल वायुसेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले पर्यटन नीति स्पष्ट र समयसापेक्ष हुनुपर्नेमा जोड दिए । पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न जरुरी रहेकाले त्यसतर्फ केन्द्रित हुन पर्यटन व्यवसायीलाई उनले आग्रह गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x