Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीक्षत्रपाटी अस्पताललाई ‘हाइटेक पोर्टेबल’ एक्सरे मेसिन हस्तान्तरण

क्षत्रपाटी अस्पताललाई ‘हाइटेक पोर्टेबल’ एक्सरे मेसिन हस्तान्तरण


काठमाडौं । जापानको रोटरी क्लब अफ सिमिचु उत्तरी जापानद्वारा काठमाडौंस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल)लाई करिब ६० लाख मूल्य पर्ने हाईटेक पोर्टेबल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ ।

जापानस्थित रोटरी क्लब अफ सिमिचु उत्तरी जापानका अध्यक्ष सागुची केइकोले उक्त सामग्री आज एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष सागुचीको साथमा करिब डेढ दर्जन टोली मेडिकल सहयोग सामग्री लिएर काठमाडौं आइपुगेको छ ।

सहयोग सामग्रीको साथमा निवर्तमान अध्यक्ष मोचिचु हिरोनोबु र अतिथिको रूपमा उन्नो काजुको उपस्थित थिए । उपकरण हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ सिमिचु उत्तरी जापानका टोली अत्यन्तै हर्षित र खुसी थिए । अत्याधुनिक सुविधा सम्पन्न पोर्टेबल एक्सरे मेसिन ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा श्रेष्ठले जापानी रोटरियनहरूले देखाएको माया नेपालीहरूको लागि सदैव अविस्मरणीय हुने बताए । अस्पताल सामग्रीहरू रोटरी क्लब अफ न्युरोड सिटीको सामान्यमा नेपाल आइपुगेको हो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x