Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोगोरो र नेबुला इनर्जीको नक्सालमा एक्सपेरियन्स सेन्टर

गोगोरो र नेबुला इनर्जीको नक्सालमा एक्सपेरियन्स सेन्टर


काठमाडौं । गोगोरो इंक र नेबुला इनर्जीले काठमाडौंको नक्सालस्थित नारायणचौरमा आफ्नो पहिलो एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले हालै एक कार्यक्रका बीच सो सेन्टरको शुभारम्भ गरेको हो । सो कार्यक्रममा नेबुला इनर्जीका अध्यक्ष मनोज गोयलले सस्टेनेबल मोबिलिटी र प्रविधिको नयाँ युगमार्फत् गोगोरोले नेपालको जिरो इमिसन लक्ष्यमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले सस्टेनेबल मोबिलिटीका लागि यो एक्सपिरियन्स सेन्टर गोगोरो र नेबुलाको दीर्घकालीन भिजनको सुरुवात मात्र रहेको उल्लेख गरे ।

कम्पनीका प्रबन्ध निर्देशक सहायु गोयलले दुई पाङ्ग्रे सेग्मेन्टमा ईभीको प्रयोग व्यापकस्तरमा हुनका लागि प्रविधिमा सक्षम हुनुपर्ने आवश्यकता रहेको औँल्याए । ब्याट्री–स्वापिङ टेक्नोलोजीद्वारा सञ्चालित गोगोरोका स्कुटर रेन्जले विद्युतीय दुई पाङ्ग्रेसवारी खरिद गर्ने उपभोक्ताहरूले सामना गर्ने प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न मौलिक समाधान गर्ने उनको भनाइ थियो ।

कम्पनीका महाप्रबन्धक चिरञ्जीवी शाहका अनुसार यो एक्सपिरियन्स सेन्टरले स्मार्ट स्कुटर र स्वाप स्टेसनमार्फत् ग्राहकहरूलाई गोगोरोको प्रविधि अनुभव गर्ने पहिलो लाइभ टचपोइन्टका रूपमा समेत काम गर्नेछ । शाहका अनुसार ग्राहकहरूले आफ्नो मनपर्ने गोगोरो मोडेलहरू टेस्ट राइड गर्न सक्ने र विभिन्न ब्याट्री स्वापिङ प्लानका बारेमा जानकारी लिएर बुकिङ समेत गर्न सक्ने छन् । कम्पनीले सो सेन्टरमार्फत आफ्ना तीन वटा उत्पादनहरूको बिक्रीवितरण सुरु गरेको छ ।

गोगोरो जेगो: जेगोको सुरुवाती मूल्य दुई लाख २९ हजार नौ सय रुपैयाँ रहेको छ । गोगोरो जेगोले ईभी स्कुटरको बजारमा अरूभन्दा फरक विभिन्न सुविधाहरू प्रदान गर्दछ । यो स्लिक नयाँ बडी डिजाइन र गोगोरोका मुख्य आविष्कारसँग सुसज्जित छ । यसका मुख्य विशेषताहरूमा डुअल ब्याट्री अप्सनहरू समावेश छन् । जेगोमा फराकिला आरामदायी सिट, चौडा ट्रङ्क र हल्का तौल उपलब्ध छ ।

गोगोरो क्रसओभर जीएक्स २५०
क्रसओभर जीएक्स दुई सय ५० को सुरुवाती मूल्य दुई लाख ७४ हजार नौ सय रुपैयाँ रहेको छ । भारतको महाराष्ट्रमा बनाइएको क्रसओभर जीएक्स २५० भारतमा निर्मित गोगोरोको पहिलो स्मार्ट स्कुटर हो । पुनः डिजाइन गरिएको क्रसओभर सिरिज, अल टेरेन फ्रेममा बनाइएको छ, यसले विभिन्न स्टोरेज, राइडिङ र कस्टोमाइजेसन क्षमताहरू प्रदान गर्दै बढ्दो रिजिडिटी र कम्फर्ट दिन्छ । क्रसओभर जीएक्स २५० को नयाँ फ्रेम डिजाइनले सस्पेन्सन प्रणालीको स्थायित्वलाई बढाउँछ ।

गोगोरो पल्स: पल्सको सुरुवाती मूल्य पाँच लाख ९९ हजार नौ सय रुपैयाँ रहेको छ । भविष्यलाई दृष्टिगत गरेर गोगोरोले नयाँ एडभान्स्ड हाइ पर्फर्मेन्स स्मार्टस्कुटरलाई पुनः डिजाइन गर्ने क्रममा पल्सको निर्माण गरेको हो । यस्तै, पल्स विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर हो । पल्सले एडभान्स्ड एरोडायनामिक डिजाइन, नयाँ नौ किलोवाटको गोगोरो–डिजाइन पावरट्रेन, रिभोलुसनरी एडेप्टिभ एक्टिभ–म्याट्रिक्स लाइटनिङ र प्यानोरामिक हाई–डेफिनिसन टच डिस्प्ले प्रयोग गर्छ ।

पल्स गोगोरोको नयाँ हाइपर ड्राइभ पावरट्रेनद्वारा सञ्चालित छ, जुन ऊर्जा खपत घटाएर पर्फर्मेन्स बढाउन डिजाइन गरिएको हो । हाइपर ड्राइभको मुटुमा गोगोरोको नयाँ हाई पर्फर्मेन्स एच वान मोटर, पूर्णरूपमा पुनः डिजाइन गरिएको इलेक्ट्रिक पावर प्लान्ट र पछिल्लो ह्विलमा ३७८ एनएम टर्कको साथमा अत्याधुनिक ट्रयाक्सन कन्ट्रोल प्रदान गर्ने एक शक्तिशाली स्मार्ट प्रणाली हाइपरकोर हुन्छ । गोगोरोको हाइपर ड्राइभले नयाँ हाइब्रिड वाटर र एयर डुअल–कुलिङ प्रणालीलाई पनि एकीकृत गर्दछ ।

गोगोरो ब्याट्री–स्वापिङ प्लान: साथै, गोगोरोले विद्यार्थी, व्यवसायी र अन्य यात्रुसहित आफ्ना ग्राहकका विविध आवश्यकताहरू पूरा गर्ने गरी नेपालमै पहिलो पटक ब्याट्री स्वापिङ प्लान पनि घोषणा गरेको छ । ब्याट्री स्वापिङ प्लान ७९९ रुपैयाँबाट सुरु हुनेछ र यो ३० दिनको लागि मान्य रहनेछ । विविध क्षेत्रका ग्राहकहरूको मोबिलिटी आवश्यकताहरू पूरा गर्न मल्टिपल स्वापिङ प्लानहरू पनि उपलब्ध छन् । यो मूल्य निर्धारण संरचना, ग्राहकको आवश्यकताहरूमा गरिएको विस्तृत अनुसन्धानमा आधारित छ । यसमा विशेषगरी यात्रा गरिएको दूरीमा ध्यान गर्दै एम्पियर–आवर दरमा गणना गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x