Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ‘भव्य दशैंं–तिहार, घरभरि उपहार’

सामसङको ‘भव्य दशैंं–तिहार, घरभरि उपहार’


काठमाडौं । सामसङले ‘भव्य दशैँ–तिहार, घरभरि उपहार’ अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरूको चाडपर्वको अवसर पारेर आगामी कार्तिक ३० गतेसम्म लागू हुनेगरी सो योजना सार्वजनिक गरेको हो । यो अफरमा ग्राहकहरूले ३१ प्रतिशतसम्मको छुटमा सामसङ टीभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन सक्नेछन् ।

सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टीभी र फ्रेम टीभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारसहित क्यासब्याकहरू प्रदान गरेको छ । क्यासब्याक सँगसँगै क्युएलईडी वा त्योभन्दा माथिको सामसङ टीभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वल्र्डलिङ्क इन्टरनेट र नेट टीभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् । यो लाभको फाइदा उठाउन वल्र्डलिङ्क इन्टरनेट र नेट टीभी जडानका लागि नियमित स्थापना शुल्कहरू भने ग्राहकहरूले आफैँ तिर्नुपर्नेछ । आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य स्ड्यान्डर्ड नियम र सर्तहरू पनि लागू हुनेछन् ।

साथै, खरिद गरिएका टि, ए, बि, सी र डी–सिरिजका सामसङ टीभीहरूमा तीन वर्षको पूर्ण वारेन्टी छ । यद्यपि यो वारेन्टी टीभी रिमोर्टहरूमा विस्तार गर्दैन । थपरूपमा चुनिएका सामसङ टीभीहरू खरिद गर्दा, ग्राहकहरूले घरमा रिएल इमर्सिभ टीभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्छन् । यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि विस्तारित छ । ग्राहकहरूले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन् । साथै, विशेष छुटसहित एआई इकोबबल वासिङ मेसिनसँग स्वचालितरूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वास प्राप्त गर्न सक्नेछन् ।

यसबाहेक आठ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन् । सामसङले आफ्नो फ्रिजमा रहेको डीआईटी कम्प्रेसर र वासिङ मेसिनको डीआईटी मोटरमा प्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवाले गर्दा ग्राहकलाई झन्झटमुक्त अनुभव लिन मद्दत गर्ने जनाइएको छ । यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवा पनि प्राप्त गर्न सकिन्छ । यसमा ग्राहकलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङ टीभीहरूको खरिद गर्न सकिन्छ ।

इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ । नागरिकता मात्र लिएर इन्स्टा फाइनान्स लिन सकिने बताइएको छ । साथै, सामसङ उत्पादनका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टीभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टीभी वा होम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ । यो योजना सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिका आधिकारिक वितरकहरूले नेपालभर उपलब्ध गराएको छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x