Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ बजाज पल्सर एनएस २०० नेपालमा

नयाँ बजाज पल्सर एनएस २०० नेपालमा


काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसनसहितको पूर्ण डिजिटल कन्सोलको साथमा आएको कम्पनीले जनाएको छ ।

नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि र डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ, जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्छ । यसमा लागि ६–स्पिड गियरबक्स र नयाँ प्रणालीको एलईडी लाइटिङ रहेको छ । यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटीसहितको पूर्ण–डिजिटल कन्सोल हो । यसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स–टु–एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ । अपसाइड–डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबीएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्छ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर–टु–वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० ले नेपाली राइडरहरूको मन जित्ने बताए । कम्पनीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोलसहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएको जानकारी दिए । नयाँ बजाज पल्सर एनएस २०० को मूल्य चार लाख ४४ हजार चार सय रुपैयाँ रहेको छ । ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज सोरुमबाट खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x