Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलौहपुरुष सिंहको सालिकमा माल्यार्पण

लौहपुरुष सिंहको सालिकमा माल्यार्पण


काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले माल्यार्पण गरेका छन् ।

शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा उपप्रधानमन्त्री सिंहले बुधबार बिहान माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि उनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको भूमिका महत्वपूर्ण रहेको सञ्चारकर्मीलाई बताए ।

“नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो समय जेल जीवन बिताउनुभएको थियो । उहाँले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता गर्नुभएन”, उपप्रधानमन्त्री सिंहले भने ।

मुलुकमा जनतालाई सार्वभौमसत्ता र अधिकारसम्पन्न बनाउन सिंहमा प्रतिबद्धता र समर्पण भावना रहेकाले जनताका बीच रुचाइएका नेताका रुपमा परिचय बनाउन सकेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे ।

नेपालमा प्रजातन्त्र स्थापना गर्न र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले ‘कु’ गरेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा गणेशमान सिंहलाई सम्झने गरिएको उनले बताए । विसं १९९७ देखि राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि सिंहले अस्वीकार गरेका थिए ।

काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा विसं १९७२ कात्तिक २४ गते जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठलगायत कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x