Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवडाध्यक्ष अधिकारीको सहयोगले विद्यालयलाई ठूलो राहत

वडाध्यक्ष अधिकारीको सहयोगले विद्यालयलाई ठूलो राहत


पोसकान्त पोखरेल
बुटवल, असार १८
सामाजिक काममा सधैं अग्रपङ्क्तिमा रहने सरोज अधिकारी सियारी गाउँपालिका–७ रूपन्देहीका वडा अध्यक्ष हुन् । जनप्रतिनिधि नहुँदा पनि आर्थिक भौतिक, सामाजिकलगायतको आवश्यक सहयोग गर्दै आएका अधिकारीले जनप्रतिनिधि भएपश्चात् सामाजिक कार्यमा झन् बढी सक्रियता जनाउँदै आएका छन् । अघिल्ला दुई वर्षहरूमा सेवाबापतको आफूले पाउने रकम वडामा सामाजिक कार्यमा सक्रिय संघसंस्थाहरूका साथै दीनदुःखीलाई दिएर सहयोग गरेका अधिकारीले पछिल्लो एक वर्षको सेवाबापतको रकम स्थानीयस्तरमा सञ्चालित प्राथमिक विद्यालयलाई दिएका छन् । यसले विद्यालयमा अध्ययन गर्ने ९४ जना विद्यार्थीहरूको भविष्य र विद्यालयलाई ठूलो राहत पुगेको छ ।

वडा अध्यक्ष अधिकारीले अहिले साना–साना धेरै सामुदायिक विद्यालयहरूमा आर्थिक अभाव देखिएको भन्दै गरिब तथा विपन्न वर्गका बालबालिकाले अध्ययन गर्ने विद्यालयहरू सञ्चालनमा देखिने आर्थिक समस्याको कारण उनीहरूको पढ्न र लेख्न पाउने नैसार्गिक अधिकार पनि हनन् हुने अवस्था देखिएको बताए । उनले दिनभर दुःख गरेर साँझ–बिहानको छाक टार्ने अभिभावकहरू पैसा तिरेर निजी विद्यालयहरूमा अध्ययन गराउन सक्ने अवस्था हुँदैन । त्यस्तो अवस्थामा आफ्ना बालबच्चा पढ्ने शैक्षिक संस्था बन्द भए या त घरै राख्ने या त बालश्रममा लगाउनेबाहेकको विकल्प नहुने बताए ।

पठनपाठनको लागि समस्या र आम्दानीका स्रोतहरू कम हुँदा बालश्रमिकहरूको संख्या बढ्दै गएको बताउँदै अध्यक्ष अधिकारीले सामुदायिक विद्यालयहरूप्रति देखिने समस्या कम गर्न सबै एक भएर लाग्नुपर्ने बताए । उनले राज्यले आवश्यकताअनुसारको सहयोग नगर्दा आन्तरिक स्रोत व्यवस्थापन गरेर शैक्षिक संस्था सञ्चालन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै एक वर्षको सेवाबापत १५ दिनको गाउँपालिकाको विपत् व्यावस्थापन कोषलाई र बाँकी तीन लाख ११ हजार आठ सय ५० रुपैयाँ सियारी गाउँपालिका–७ हिरागंजमा अवस्थित श्री राम जानकी प्रावि दिएको बताए ।

वडा अध्यक्ष अधिकारीको उक्त सहयोगप्रति खुशी व्यक्त गर्दै विद्यालयका प्राधानाध्यापक चुतुर्भुज पन्तले उक्त रकमले विद्यालयका समस्याहरू समाधानमा ठूलो सहयोग पुग्ने बताए । विद्यालयमा दुई निजी, दुई राहत, एक स्थायी, एक बालविकास र एक जना कमर्चारी गरी सात जना कार्यरत रहेको प्राधानाध्यापक पन्तले जानकारी गराए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x