Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्वको सबैभन्दा पुरानो रविवारीय समाचार पत्र द अब्जर्भर बिक्रीमा

विश्वको सबैभन्दा पुरानो रविवारीय समाचार पत्र द अब्जर्भर बिक्रीमा


लण्डन । विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार ‘द अब्जर्भर’ एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मंगलबार घोषणा गरेको छ ।

द गार्जियन मिडिया ग्रुप (जीएमजी)ले सन् २०१९ मा लन्च गरिएको टोर्टोइज मिडियालाई अज्ञात राशिमा साप्ताहिक प्रकाशन द अब्जर्भर बिक्री गर्न कुरकानी गरिरहेको विज्ञप्तिमा बताएको छ ।

मंगलबार विज्ञप्तिमा भनिएको छ, ‘द गार्जियनको मूल कम्पनीले विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भरको सम्भावित बिक्रीबारे टोर्टोइज मिडियासँग औपचारिक वार्तामा रहेको घोषणा गरेको छ ।’

जिएमजीले उक्त प्रस्ताव ‘थप विवरणमा हेर्नका लागि अत्यन्त महत्वपूर्ण थियो’ भनेको छ । जिएमजीका प्रमुख कार्यकारी अन्ना बेटसनले भने, ‘बिक्रीले महत्वपूर्ण लगानीका साथ द अब्जर्भरको भविष्यको स्थिति निर्माण गर्न अवसर दिनेछ र द गार्जियनलाई थप विश्वव्यापी, अधिक डिजिटल र थप पाठक–अनुदान प्राप्त गर्न आफ्नो विकास रणनीतिमा ध्यान केन्द्रित गर्न अनुमति दिनेछ ।’

सन् १७९१ मा स्थापना भएको द अब्जर्भरलाई सन् १९९३ मा जिएमजीले खरिद गरेको थियो । मूल समूहले मंगलबार भनेको छ, ‘त्यसबेलादेखि यो गार्जियनको सहअस्तित्वमा छ, जुन वार्ताको नतिजा पर्वाह नगरी हप्ताको सात दिन डिजिटल अपरेसन रहनेछ ।’ रासस/एएफपी


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x