Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअवैध लागुऔषधसहित तीन जना पक्राउ

अवैध लागुऔषधसहित तीन जना पक्राउ


काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिका–८धनगढीगाउँबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ७० मिलिग्रामसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिनाराना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पर्दाथसहित पक्राउ गरेको हो ।

सर्लाहीको हरिवननगरपालिका–३ डाबरीटोल बस्ने ४० वर्षीया शान्तिमाया थिङ्लाई अवैध लागुऔषध गाँजा करिब तीन किलो सात सय ९० ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घररपसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x