Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण

दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण


दोलखा,दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणका सेनाको टोलीले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ पिलिखेपाका आगोलागि पिडितको घर निमाणर्मा सघाएको छ । गणका प्रमुख सेनानी सुरज बस्नेतका अनुशार हप्तादिन लगाएर ६ जनाको समुहले दुई जना आगोलागि पिडित धनबाहदुर थामी र गुम्बे थामी घर निमाणर् समपन्न गरि सेनाको टोली आज शुक्रबार चरिकोट फर्किएको हो ।

सोहि गाउँपालिका वडानम्बर ६ का वडा अध्यक्ष भरत पाण्डेको बिशेष अनुरोधमा थामीको घर निमाणर्मा सेनाले सघाएको हो । आगोलागिबाट थामीको लाखौ बराबरको धनमाल क्षति समेत भएको थियो । गएको २७ गते बिजुली सटभई आगोलागि पश्चात् सेनाले चासो देखाएको थियो ।

बिपत्मा परेका नागरिकहरलाई साहायता दिने उदेश्यले आगोलागि पिडित थामीहरुको घर निमाणर् गरिएको प्रमुख सेनानी सुरज बस्नेतले बताउनु भयो । नेपाली सेनाले प्राबिधिक र जनशक्ति सहयोग गरि घर निमाणर् गरेपछि थामीका परिवारले सेनाले जिन्दगीमा भुल्नै नसक्ने गरि गुण लगाएर सहयोग गरेको आगोलागि पिडित गुम्बे थामीले बताउनु भयो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x