खुम्चियो आत्मनिर्भर लघुवित्तको खुद नाफा
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको खुद नाफा खुम्चिएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक करोड ३९ लाख ६९ हजार सात सय १० रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा तीन करोड रुपैयाँले कम हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा चार करोड ८६ लाख सात हजार सात सय ६० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी छ करोड ८५ लाख ७१ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ८६ करोड १५ लाख दुर्ई हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४७ करोड ८६ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड २८ लाख २९ हजार दुई सय ५० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १७ करोड ६४ लाख ५१ हजार एक सय ९० रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १३ दशमलव २२ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८२ करोड पाँच लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ५१ लाख २१ हजार सात सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ९५ लाख ५९ हजार सात सय १० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ५४ लाख २५ हजार एक सय ५० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात सात दशमलव ५८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया