Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाहस ऊर्जाले लाभांश वितरण गर्ने

साहस ऊर्जाले लाभांश वितरण गर्ने


काठमाडौं । साहस ऊर्जा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यही भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले आठ दशमलव ४२ प्रतिशतको अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब ५० करोड रुपैयाँको आठ प्रतिशतका दरले २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशतका दरले एक करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद समेत गरी कुल आठ दशमलव ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७८ करोड रुपैयाँ पुग्नेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब ७८ करोड रुपैैयाँ पुग्ने छ । बोनस सेयर वितरण भएपश्चात कायम रहेको चुक्ता पुँजीमा कम्पनीले एक बराबर एकको अनुपातमा हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने समेत तयारी गरेको छ ।

घोषित लाभांश कम्पनीको यही कात्र्तिक चार गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीको भनाइ छ । उक्त सभामार्फत कम्पनीले एकै पटक चार वटा आर्थिक वर्षको वित्तीय प्रतिवेदन पारित गर्ने तयारी गरेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० र २०८०/८१ को वित्तीय विवरण पारित गर्ने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x