Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना

गरिमा क्यापिटलद्वारा बम्पर दशैँ योजना


काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले बम्पर दशैँ योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हरेक नेपाली सेयरधनी भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरूको महान चाड वडादशैँ, शुभ दीपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा बम्पर दशैँ–तिहार अफर सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका अनुसार यो योजना २०८१ साल असोज १ गते देखि २०८१ साल कात्तिक ३० गतेसम्म कायम रहने छ । यो योजनाअन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो सेयर खाता खोल्दा, लक्की ड्रमार्फत भाग्यशाली तीन जना ग्राहकहरूले स्मार्ट वाच जित्न सक्ने छन् । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो सेयर खाता खोल्नुपर्नेछ ।

ग्राहकहरूले यो अफरअन्तर्गत खाता खोल्न कमलपोखरी, काठमाडौंस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू र गरिमा क्यापिटल लिमिटेडको वेवसाइटमार्फत विनाझन्झट घरमै बसी खाता खोल्न सक्ने छन् । यो योजनाअन्तर्गत लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरो सेयर खाता खोल्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x